News Portal

धरान अपडेटः स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको निरन्तर अग्रता

हिमालीसंचार संवाददाता
१६५२ पटक

धरान – धरान उपमहानगरपालिका धरानको अहिले १० बजेसम्मको मतगणनाको मतपरिणाम सार्वजनिक हुदा स्वतन्त्र मेयर पदका उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) ले ८५०९ मत प्राप्त गरी अग्रस्थान कायम गरिरहेका छन्।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले ८३६२ मत प्राप्त गरी दोस्रो स्थानमा छन् भने नेकपा एमालेकी मेयर पदका उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ६८५८ मत प्राप्त गरी तेस्रो स्थानमा साम्पाङ र राईलाई पछ्याई रहेकी छिन्। 

त्यस्तै, उपमेयर तर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार आइन्द्र विक्रम बेघा ९४३० मत प्राप्त गरेका छन् । नेकपा एमालेका उपमेयर पदका उम्मेदवार पदम इस्बो लिम्बुले ९०७९ मत प्राप्त गरेका छन् ।

धरानमा अहिलेसम्म २९४६६ मत गणना हुँदा मेयर तर्फ हर्क साम्पाङ र किशोर राईको १४७ मतको मतान्तर रहेको छ भने हर्क साम्पाङ र मञ्जु भण्डारीको १६५१ मतको मतान्तर रहेको छ। त्यस्तै, उपमेयर तर्फ आइन्द्र विक्रम बेघा र पदम इस्बो लिम्बु ३५१ मतको मतान्तर रहेको छ। 

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...