News Portal

धरानको मतगणना अझै सुचारु हुन सकेन, आज विहान सहमति खोजिने

हिमालीसंचार संवाददाता
५११ पटक

धरान – धरान उपमहानगरपालिका धरान वडा नं. २० को मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको १८ वटा मतपत्र भेटिएपछि विवाद भइ स्थगित भएको मतगणना अझै सुचारु हुन सकेको छैन ।

निर्वाचन आयोगले मतदान अधिकृतको हस्ताक्षर नभएको सबै मतपत्र वदर गरी सुरक्षा व्यवस्था प्रबन्ध गरेर मतगणना पुनः सुचारु गर्न निर्देशन दिएको भए पनी माओबादी केन्द्रले वडा नं. २० को पुनः मतगणना गर्ने मागको सम्बोधन नहुदा कडा विरोध गरेका कारण समस्या समाधान नभएको हो। 

धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालको आग्रहमा समस्याका समाधान गरी पुन मतगणना सुचारु गर्न सबै दलका प्रतिनिधिसंग सहमति खोज्ने प्रयास गरेको भए पनी नेकपा माओबादीको अडानका कारण कडा विरोध हुदा मतगणना शुरु हुन नभएको हो ।

धरानका सर्वदलिय राजनीतिक दलहरुसँगको बैठकपछि बिहिबार ८ बजेदेखि मतगणना शुरु गर्ने सहमति भएको बताइएको छ। माओबादीले वडा नं २० को पुनः मतगणना गर्ने माग राखेको छ। माओवादीको उक्त मागबारे निर्वाचन आयोगको निर्णय पर्खर सहमति खोज्ने बताइएको छ। तर, कांग्रेस पनी सहमत नभएको बताइएको छ। 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...