News Portal

धरानको मतगणना अझै सुचारु हुन सकेन, आज विहान सहमति खोजिने

हिमालीसंचार संवाददाता
४०० पटक

धरान – धरान उपमहानगरपालिका धरान वडा नं. २० को मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको १८ वटा मतपत्र भेटिएपछि विवाद भइ स्थगित भएको मतगणना अझै सुचारु हुन सकेको छैन ।

निर्वाचन आयोगले मतदान अधिकृतको हस्ताक्षर नभएको सबै मतपत्र वदर गरी सुरक्षा व्यवस्था प्रबन्ध गरेर मतगणना पुनः सुचारु गर्न निर्देशन दिएको भए पनी माओबादी केन्द्रले वडा नं. २० को पुनः मतगणना गर्ने मागको सम्बोधन नहुदा कडा विरोध गरेका कारण समस्या समाधान नभएको हो। 

धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालको आग्रहमा समस्याका समाधान गरी पुन मतगणना सुचारु गर्न सबै दलका प्रतिनिधिसंग सहमति खोज्ने प्रयास गरेको भए पनी नेकपा माओबादीको अडानका कारण कडा विरोध हुदा मतगणना शुरु हुन नभएको हो ।

धरानका सर्वदलिय राजनीतिक दलहरुसँगको बैठकपछि बिहिबार ८ बजेदेखि मतगणना शुरु गर्ने सहमति भएको बताइएको छ। माओबादीले वडा नं २० को पुनः मतगणना गर्ने माग राखेको छ। माओवादीको उक्त मागबारे निर्वाचन आयोगको निर्णय पर्खर सहमति खोज्ने बताइएको छ। तर, कांग्रेस पनी सहमत नभएको बताइएको छ। 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...