News Portal

खोटाङमा नेताका गृहपालिकामा फरक फरक दलका उम्मेदवार विजयी

हिमालीसंचार संवाददाता
५४२ पटक

खोटाङ – खोटाङ जिल्लामा दलका नेताको वडा तथा पालिकामा फरक दलका उम्मेदवार बिजयी भएका छन् । एमाले प्रमुख सचेतक बिशाल भट्टराईको गृहपालिका खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार उदिमबहादुर राई अध्यक्ष र कांग्रेसका रुपेश राई उपाध्यक्षम विजयी भएका छन् ।

नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईको गृहपालिकामा एमालेका उम्मेदवार लोकेन्द्र राई अध्यक्षमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका नेता एवं प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राईको गृहपालिका साकेला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रबिप्रकाश राई विजयी भएका छन् । 

नेकपा एकीकृत समाजवादीका नेता एवं प्रदेश १ का सामाजिक बिकास मन्त्री राजन राईको गृहपालिका केपिलासगढी गाउँपालिकामा नेपाली कांग्रेस उम्मेदवार समिर राई अध्यक्षमा विजयी भएका छन्।  एमाले नेतृ एबं प्रदेश १ का पुर्वसामाजिक विकास मन्त्री उषाकला राईको वडामा नेकपा माओवादी केन्द्रका खगेन्द्र राई विजयी भएका छन् । 

नेपाली कांग्रेस जिल्ला सभापति बिष्णुकुमार राईको वडा दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा एमालेका भुपेन्द्र बस्नेत विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...