News Portal

खोटाङमा नेताका गृहपालिकामा फरक फरक दलका उम्मेदवार विजयी

हिमालीसंचार संवाददाता
४५८ पटक

खोटाङ – खोटाङ जिल्लामा दलका नेताको वडा तथा पालिकामा फरक दलका उम्मेदवार बिजयी भएका छन् । एमाले प्रमुख सचेतक बिशाल भट्टराईको गृहपालिका खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार उदिमबहादुर राई अध्यक्ष र कांग्रेसका रुपेश राई उपाध्यक्षम विजयी भएका छन् ।

नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईको गृहपालिकामा एमालेका उम्मेदवार लोकेन्द्र राई अध्यक्षमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका नेता एवं प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राईको गृहपालिका साकेला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रबिप्रकाश राई विजयी भएका छन् । 

नेकपा एकीकृत समाजवादीका नेता एवं प्रदेश १ का सामाजिक बिकास मन्त्री राजन राईको गृहपालिका केपिलासगढी गाउँपालिकामा नेपाली कांग्रेस उम्मेदवार समिर राई अध्यक्षमा विजयी भएका छन्।  एमाले नेतृ एबं प्रदेश १ का पुर्वसामाजिक विकास मन्त्री उषाकला राईको वडामा नेकपा माओवादी केन्द्रका खगेन्द्र राई विजयी भएका छन् । 

नेपाली कांग्रेस जिल्ला सभापति बिष्णुकुमार राईको वडा दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा एमालेका भुपेन्द्र बस्नेत विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...