News Portal

धरान अपडेटः धरान वडा नं. २० को मतगणनामा विवाद, मतगणना स्थगित

हिमालीसंचार संवाददाता
५०० पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं. २० को मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद हुदा अहिले धरानको मतगणना स्थगित भएको छ।

धरान वडा नं २० को मतगणना भइरहदा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएको थियो । सर्वदलिय बैठकको निर्णय अनुसार उक्त मतपत्र रद्ध गर्दा वडा नं. २० मा माओबादी पराजित हुने खतरा रहेको हुदा माओबादी कार्यकर्ताको विरोधका कारण अहिले मतगणना स्थगित भएको छ। 

माओवादी केन्द्रका कार्यकर्ताहरुले निर्वाचन अधिकृतको कार्यालयअघि प्रर्दशन गरिरहेका छन् । जनताले दिएको अभिमत मतपत्रले मान्यता पाउनुपर्ने माग गरेका छन् । मतदान अधिकृतलाई कारबाही गर्नुपर्ने माग पनी गरेका छन् । वडा नं. २० मा पुनः मतदान हुनुपर्ने उनीहरुको माग छ ।

सर्वदलीय बैठक अनुसार बैठकले कानून वमोजिम मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र रद्ध हुने निर्णय लिएको थियो । हस्ताक्षर विनाको १८ वटा मतपत्रमा ११ वटा मतपत्र नेकपा माओवादी केन्द्रको प्यानल सहितको भोट भएको माओवादीको दाबी छ । वडा २० को मतगणना सकिदा माओवादी ४ भोटले पराजित भएको उनीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...