News Portal

  • स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको टक्कर, चमत्कारिक तरवले मतान्तरको दूरी छोटियो

    धरानका प्रमुख राजनीतिक दललाई गतिलो टक्कर!

    हिमालीसंचार संवाददाता
    ३०३३ पटक

    धरान – सुनसरी जिल्लाको धरान उपमहानगरपालिका धरानका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ (हर्कराज राई) को युवा पुस्ताको प्रिय व्यक्ति मात्र भएनन्। यती खेर, धरानकै लोकप्रिय उम्मेदवारको रुपमा मुलुकभर चर्चित भइरहदा धरानका प्रमुख राजनीतिक दलका नेता कार्यकर्ता झस्किएका छन् ।

    हर्कसाम्पाङले सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राई र एमालेकी उम्मेदवार मञ्जु भण्डारीलाई चुनौति दिइरहेका छन्। उनले पछिल्लो समय किशोर राईसंग २२ मतको तान्तर धटाएपछि स्थिति बडो रोचक मोडमा पुगेको छ । उनले प्राप्त गरिरहेको अभिमतले कांग्रेस र एमाले झस्किएका छन् भने उनका समर्थक र धरानका मतदाता खुशी भएका छन्।

    धरानको वडा नं. १ देखि शुरु गरिएको मतगणनाको प्रारम्भिक चरणमा अग्रस्थान बनाउँदै झस्काएका हर्क साम्पाङले कांग्रेसका उम्मेदवार किशोर राईलाई पछ्याइरहेको थिए अब पछ्याउनेहोइन टक्कर दिने देखियो । एमालेकी उम्मेदवार मञ्जु भण्डारीलाई १३६४ मतले पछिपारेको छन् ।

    आजको मत गणनाको मतपरिणाम अनुसार कांग्रेसका किशोर राईले ७९६४ मत प्राप्त गर्दा साम्पाङले ७९४२ मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेदवार मञ्जु भण्डारी ६५७८ मत सहित तेस्रो स्थानमा छिन। हर्क र मञ्चुको १३६४ मतको मतान्तर हो। 

    धरानको चुनावी इतिहासमा एमाले (बामपंथी) जितिरहेको छ। धरानमा ०७६ सालको उपनिर्वाचनको नतिजा बाहेक धरानको अभिलेख नै पृथक छ । तर यसपटक धरान–१८ बुद्धचोक निवासी भष्ट्रचार विरुद्ध अभियान चलाएका एक युवा अभियन्ता हर्क साम्पाङले धरानका दुई ठुला दल कांग्रेस र एमालेलाई चुनौती मात्र होइन टक्कर दिइरहेका छन् । अहिलेसम्म धरानमा २७९६६ मत गणना हुदा उनले दोस्रो स्थानमा किशोर राईसंग मतान्तर दूरी धटाई रहेका छन् । 

    धरानको जारी मतगणनाको पछिल्लो परिणामअनुसार सत्तारुढ गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राईले ७९६४ मत ल्याउदा एमालेकी उम्मेदवार मन्जु भण्डारी सुवेदीले ६५७८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहदै राई र साम्पाङलाई पछ्याइरहेकी छिन्।

    सामाजिक अभियन्ता हर्क साम्पाङले ७९४२ लोकप्रिय मत प्राप्त गरेका छन् । हर्क साम्पाङले अहिलेसम्म आफ्नो पकड क्षेत्रभन्दा बाहिरबाटै राम्रो मत प्राप्त भइरहेको बताएका छन् । उपमेयरमा गठबन्धनका माओवादी केन्द्रका अइन्द्र विक्रम वेघाले ८९७३ मत प्राप्त गरेका छन भने एमालेका पदम इस्वोले ८६२३ मत प्राप्त गरेका छन् ।

    धरानका भ्रष्ट्रचार विरुद्ध अभियान चलाएका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राजनीतिक पृष्ठ भुमिका नेता भने होइनन् । उनी बैदेशिक रोजगारीमा सिलसिलामा इराक अफ्गानस्थानमा केहि समय विताएका एउटा साधारण युवा हुन्।

    उनले धरानको भ्रष्टचार सम्बन्धि अभियान चलाएका सामाजिक अभियन्ता, खानेपानी समस्या र वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानको सुधारका लागि दुई सुत्रिय एजेण्डा सहित अघि बढेका युवा हुन् । उनको यहि नाराले धरानमा लोकप्रियता कायम गर्यो। 

    अहिले स्थानीय तहको निर्वाचनमा उनले यही एजेण्डालाई मुखर बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । उनलाई निर्वाचन आयोगले निर्वाचन चिन्ह्र ढिलोगरी प्रदान गरेका कारण धरानका २० वटा रहेका वडाहरुमा भोट माग्न जानसम्म भ्याएनन् । उनी नपुगेका वडाहरुबाट उनले अपेक्षा गरेभन्दा धेरै राम्रो जनमत प्राप्त भएको उनी बताउ छन् । 

    उनले अझैं पनी सामाजिक संजाल फेसबुक मार्फत तपाइले प्रदान गर्नु भएको अमुल्य मत कहि तलमाथी नहोस आउनुस् मत गणना स्थल भनी धरानका जनतालाई आग्रह गरीरहेका हुन्छन् र सपोर्टसहरु मत गणना भइरहेको धरान-१२ पब्लिक स्कुलको प्रांगनमा नतिजा सुन्न आतुर हुन्छन्। जब लौरो चुनाव चिन्ह्रको उच्चारण हुन्छ खुशीका आवाजले मतदान स्थल गुन्जिन्छ। 

    उनले आफ्नो प्रभाव क्षेत्रमा मतगणना हुन बाँकी रहेको बताउदै हाम्रो जीत सुनिश्चि रहेको सपोर्टसलाई आश्वस्त पार्दछन् । उनी भन्छन् ‘मैले पुग्न नसकेको र घुम्न नपाएको वडाहरुबाट सम्मानजनक मत पाएको छु । ‘मलाई जिताउने पनी धराने जनता र जित्ने पनी धराने जनता नै हुन् मत माध्यम मात्र हु उनले भने।’  

    धरानमा कुल मतदाता संख्या १ लाख ३ सय २४ मतदाता रहेको छ। स्थानीय तहका निर्वाचनमा धरानमा ६२ हजार ८ सय ९७ मत खसेको मतमा आज बिहान साढे ११ बजेसम्म २७९६६ मत गणना सम्पन्न भएको निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ। अहिले वडा नं. ८, १९  र २० को मतगणना भइरहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...

    भन्सार गेट नजिकै लागुऔषधसहित पाँच जना नियन्त्रणमा

    सुनसरी, असार २० — भारतबाट किनेर ल्याइँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जना धरान...

    धनुषामा सशस्त्र प्रहरी र तस्करबीच सीमामा भिडन्त, ६ सुरक्षाकर्मी घाइते

    जनकपुरधाम, असार २० – नेपाल–भारत सिमानाका नजिक धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा बिहीबार साँझ सशस्त्र...

    आज २०८२ साल असार २० गतेको राशिफल

    आज असार २०, २०८२ (जुलाई ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...