News Portal

ललितपुरको वडा नं. ७ मा कांग्रेसका कुलबहादुर महर्जन निर्वाचित

हिमालीसंचार संवाददाता
२७४ पटक

ललितपुर – ललितपुर महानगरपालिकाको वाड नम्बर ७ मा नेपाली कांग्रेसका कुलबहादुर महर्जन निर्वाचित भएका छन् । महर्जनले २१७० मत प्राप्त गरी वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्दी नेकपा एमालेका सुरेन्द्र महर्जनले ५८९ र विवेकशील साझाका सिताराम महर्जनले ११ मत प्राप्त गरेका छन् ।

ललितपुर महानगरपालिकामा अहिलेसम्म मत गणना भएको २१४२६ मतमध्ये नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार चिरिबाबु महर्जनले ११९२० मत प्राप्त गरी अग्रस्थानमा छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५५७० मत प्राप्त गरेका छन् भने  राप्रपाका अष्ट महर्जनले ९९८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्यले ५९८३ मत प्राव्त गरी अग्रता कायम राखेकी छिन । उनले ५९८३ मत पाउँदा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ४५६६ मत प्राप्त गरी शाक्यलाई पछ्याइरहेका छन् । स्वर्णिमा शाक्यको पक्षमा १८३२ मत प्राप्त गरेकी छिन्।

ललितपुर महानगरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल रहेको छ। कांग्रेसले मेयर र माओवादीले उपमेयर पदमा प्रतिस्पर्धा गरिरहेका छन् । तर उपमेयर पदमा उम्मेदवारी नदिएको कांग्रेसको रुख चिह्नमा ३२८० मत प्राप्त भएको छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...