News Portal

झापा अपडेटः कन्काई मेयरमा एमालेका पोखरेल र उपमेयरमा कांग्रेसकी सिवाकोटी निर्वाचित

हिमालीसंचार संवाददाता
४२१ पटक

अविन माबो/झापा – झापा जिल्लाको कन्काई नगरपालिकाको मेयर पदमा नेकपा एमालेका राजेन्द्र कुमार पोखरेलले ८६७३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियालाई २ हजार १२ मत अन्तरले पराजीत गरेका थिए ।

नेकपा एमालेका राजेन्द्र कुमार पोखरेलले ८६७३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६६६१ मत प्राप्त गरेका थिए।  मेयर पदका अर्का प्रत्यासी स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले ५६९१ र राप्रपाका श्याम सुन्दर ओलीले २२०५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी आशा सिवाकोटीले १०७१३ मत प्राप्त गरी निर्वाचित भइन्।  उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी मञ्जु प्रसाईले ८८४५ मत प्राप्त गरेकी थिईन् । त्यस्तै, राप्रपाकी साचित्रा खनालले १६९५ मत प्राप्त गरेकी निर्वाचन आयोगको कार्यालयले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...