News Portal

धरान अपडेटः धरान वडा नं. ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भट्टराई निर्वाचित

वडा सदस्यहरुमा एमालेका ४ जना सदस्य निर्वाचित!

हिमालीसंचार संवाददाता
११६९ पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं ६ का वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार भुपेन्द्र भट्टराईले २०७४ मत प्राप्त गरी वडाध्यक्षमा निवार्चित भएका छन् ।

उनका प्रत्यसी नेकपा एमालेका हरिकुमार राईलाई ४९२ मतअन्तरले पराजित गर्दै निवार्चित भएका हुन् । भट्टराईले १८२० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी राईले १३२८ मत प्राप्त गरे । विजयी भट्टराई २०७४ मा नेपाली कांग्रेसबाट अध्यक्षमा उठेका थिए । त्यसबेला उनी एमालेका भुवनसिंह बस्नेतसँग पराजित भएका थिए । यसपाली कांग्रेसले निकट नदिएपछि उनी स्वतन्त्र उठेका थिए ।  

त्यस्तै, वडा सदस्यमा सबै एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्य यशोदा सुवेदी १४४४ मत प्राप्त गरेकी छिन। दलित महिला सदस्यमा देवीमाया विश्वकर्मा १४२६ मत प्राप्त गरेकी छिन्।

त्यस्तै, खुला सदस्यमा नारायण निरौलाले १५६७ मत प्राप्त गरेका छन् भने राजेन्द्र न्यौपानेले १४१३ मत प्राप्त गरी निवार्चित भएका छन् । 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...