News Portal

धरान अपडेटः धरान वडा नं. ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भट्टराई निर्वाचित

वडा सदस्यहरुमा एमालेका ४ जना सदस्य निर्वाचित!

हिमालीसंचार संवाददाता
१०८५ पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं ६ का वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार भुपेन्द्र भट्टराईले २०७४ मत प्राप्त गरी वडाध्यक्षमा निवार्चित भएका छन् ।

उनका प्रत्यसी नेकपा एमालेका हरिकुमार राईलाई ४९२ मतअन्तरले पराजित गर्दै निवार्चित भएका हुन् । भट्टराईले १८२० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी राईले १३२८ मत प्राप्त गरे । विजयी भट्टराई २०७४ मा नेपाली कांग्रेसबाट अध्यक्षमा उठेका थिए । त्यसबेला उनी एमालेका भुवनसिंह बस्नेतसँग पराजित भएका थिए । यसपाली कांग्रेसले निकट नदिएपछि उनी स्वतन्त्र उठेका थिए ।  

त्यस्तै, वडा सदस्यमा सबै एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्य यशोदा सुवेदी १४४४ मत प्राप्त गरेकी छिन। दलित महिला सदस्यमा देवीमाया विश्वकर्मा १४२६ मत प्राप्त गरेकी छिन्।

त्यस्तै, खुला सदस्यमा नारायण निरौलाले १५६७ मत प्राप्त गरेका छन् भने राजेन्द्र न्यौपानेले १४१३ मत प्राप्त गरी निवार्चित भएका छन् । 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...