News Portal

धरान अपडेटः १७ हजार मतगणना हुदा गठबन्धनको अग्रता कायम, स्वतन्त्र दोस्रो स्थानमा आए

हिमालीसंचार संवाददाता
५९१ पटक

धरान – धरान उपमहानगरपालिका धरानको १७ हजार ४ सय ९५ मत गणना सम्पन्न हुदा लोकतान्त्रिक वाम गठबन्धनका मेयर पदका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले ५१२१ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन्।

सामाजिक अभियन्ता स्वतन्त्र मेयर पदका उम्मेदवार हर्क साम्पाङले ४४५० मत प्राप्त गरी फेरी दोस्रो स्थान कायम गरेका छन् । त्यस्तै, नेकपा एमालेकी मेयर पदका उम्मेदवार मञ्जु भण्डारीले ४४३४ मत प्राप्त गरी पुनः तेस्रो स्थानमा झरेकी छिन् । 

त्यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले ५७६० मत प्राप्त गरी अग्रता कायम राखेका छन्। नेकपा एमालेका पदम इस्बो लिम्बुले ५३९९ मत प्राप्त गरेका छन् । 

धरानमा अहिले सम्म वडा नं. १, २, ३, ४  र ७ नम्बर वडाको मत गणना सम्पन्न भएको छ । यता धरान वडा नं. ५ को ३८००, धरान वडा नं. ६ को ३४००, धरान वडा नं. ८ को १४०० र धरान वडा नं. ९ को ३०० मत गणना भइसकेको सहायक निर्वाचन अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...