News Portal

धरान अपडेटः १७ हजार मतगणना हुदा गठबन्धनको अग्रता कायम, स्वतन्त्र दोस्रो स्थानमा आए

हिमालीसंचार संवाददाता
६२२ पटक

धरान – धरान उपमहानगरपालिका धरानको १७ हजार ४ सय ९५ मत गणना सम्पन्न हुदा लोकतान्त्रिक वाम गठबन्धनका मेयर पदका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले ५१२१ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन्।

सामाजिक अभियन्ता स्वतन्त्र मेयर पदका उम्मेदवार हर्क साम्पाङले ४४५० मत प्राप्त गरी फेरी दोस्रो स्थान कायम गरेका छन् । त्यस्तै, नेकपा एमालेकी मेयर पदका उम्मेदवार मञ्जु भण्डारीले ४४३४ मत प्राप्त गरी पुनः तेस्रो स्थानमा झरेकी छिन् । 

त्यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले ५७६० मत प्राप्त गरी अग्रता कायम राखेका छन्। नेकपा एमालेका पदम इस्बो लिम्बुले ५३९९ मत प्राप्त गरेका छन् । 

धरानमा अहिले सम्म वडा नं. १, २, ३, ४  र ७ नम्बर वडाको मत गणना सम्पन्न भएको छ । यता धरान वडा नं. ५ को ३८००, धरान वडा नं. ६ को ३४००, धरान वडा नं. ८ को १४०० र धरान वडा नं. ९ को ३०० मत गणना भइसकेको सहायक निर्वाचन अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...