News Portal

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका राई निर्वाचित

हिमालीसंचार संवाददाता
३४७ पटक

ताप्लेजुङ – सिदिङ्वा गाउँपालिका ताप्लेजुङको अध्यक्षमा नेकपा एमालेका मानबहादुर राई निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार प्रदीप राईलाई ७०३ मत अन्तरले पराजित गर्दै राई अध्यक्ष निर्वाचित भएका हुन् ।

मानबहादुरले ३०८५ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदीप राईले २३८२ मत ल्याए । उपप्रमुखमा भने सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कृष्णकुमारी कडरिया निर्वाचित भएकी छिन् । माओवादी केन्द्रकी कडरिडाले एमाले समर्थित स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई एक मतको अन्तरले हराएकी हुन् । कडरियाले २३०६ मत प्राप्त गर्दा ताम्लिङले २३०५ मत प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...