News Portal

खोटाङको साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र निर्वाचित

हिमालीसंचार संवाददाता
४३८ पटक

खोटाङ – खोटाङ जिल्लाको साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् । अध्यक्षमा कांग्रेसका रबिप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार बिर्सिका राई निर्वाचित भएका हुन् ।

अध्यक्ष पदका उम्मेदवार रबिप्रकाश राईले १८५० मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी नेकपा माओवादी केन्द्रका अर्जुनकुमार खड्काले १७७२ मत प्राप्त गरे। त्यस्तै, एमालेका अध्यक्षका उम्मेदवार गोपीकृष्ण खड्काले ९६७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाए। 

यस्तै, उपाध्यक्ष तर्फ नेकपा माओबादी केन्द्रकी बिर्सिका राईले  २०१२ मत प्राप्त गरेकी थिईन् भने उनका प्रत्यासी कांग्रेसी सरिता खड्काले १२२४ मत प्राप्त गरेकी छिन् । त्यस्तै, उपाध्यक्षका उम्मेदवार दिलकुमारी राईले ९८६ मत प्राप्त गरेकी छिन् ।

गाउँपालिकामा ४९३४ मत खसेकामा ९८ मत बदर भएको थिए । साकेला गाउँपालिका वडा नं. १ मा कांग्रेसका हेमन राई, साकेला गाउँपालिका वडा नं. २ रतन्छामा एमालेका जितेन्द्रकुमार राई, साकेला गाउँपालिका वडा नं. खिदिमामा माओवादी केन्द्रका गोबिन्द तामाङ, साकेला गाउँपालिका वडा नं. ४ मात्तिममा माओवादी केन्द्रका अर्जुनकुमार कटुवाल र साकेला गाउँपालिका वडा नं. ५ मात्तिममा कांग्रेसका जीवन खत्री निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...