News Portal

  • खोटाङको साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र निर्वाचित

    हिमालीसंचार संवाददाता
    २८२ पटक

    खोटाङ – खोटाङ जिल्लाको साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् । अध्यक्षमा कांग्रेसका रबिप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार बिर्सिका राई निर्वाचित भएका हुन् ।

    अध्यक्ष पदका उम्मेदवार रबिप्रकाश राईले १८५० मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी नेकपा माओवादी केन्द्रका अर्जुनकुमार खड्काले १७७२ मत प्राप्त गरे। त्यस्तै, एमालेका अध्यक्षका उम्मेदवार गोपीकृष्ण खड्काले ९६७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाए। 

    यस्तै, उपाध्यक्ष तर्फ नेकपा माओबादी केन्द्रकी बिर्सिका राईले  २०१२ मत प्राप्त गरेकी थिईन् भने उनका प्रत्यासी कांग्रेसी सरिता खड्काले १२२४ मत प्राप्त गरेकी छिन् । त्यस्तै, उपाध्यक्षका उम्मेदवार दिलकुमारी राईले ९८६ मत प्राप्त गरेकी छिन् ।

    गाउँपालिकामा ४९३४ मत खसेकामा ९८ मत बदर भएको थिए । साकेला गाउँपालिका वडा नं. १ मा कांग्रेसका हेमन राई, साकेला गाउँपालिका वडा नं. २ रतन्छामा एमालेका जितेन्द्रकुमार राई, साकेला गाउँपालिका वडा नं. खिदिमामा माओवादी केन्द्रका गोबिन्द तामाङ, साकेला गाउँपालिका वडा नं. ४ मात्तिममा माओवादी केन्द्रका अर्जुनकुमार कटुवाल र साकेला गाउँपालिका वडा नं. ५ मात्तिममा कांग्रेसका जीवन खत्री निर्वाचित भएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...