News Portal

मोरङ जिल्लाको रंगेली नगरपालिकामा पुनः मतगणना शुरु

हिमालीसंचार संवाददाता
३५० पटक

रविन्द्र बराल/मोरङ –  मोरङ जिल्लामा गत शनिवारदेखि रोकिएको रंगेली नगरपालिकाको मतगणना सोमबार साँझबाट शुरु भएको छ । वडा नं. ८ को मतपेटीको फोरिएको र गणनामा नियोजित रुपमा धाँधली भएको भन्दै गठबन्धनका दलहरुले नारावाजि गरेपछि रोकिएको मतगणना पुनः शुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृत रामहरी काफ्लेका अनुसार दलहरुसँगको सर्वदलीय बैठक पश्चात मतगणना शुरु गरिएको हो । उनका अनुसार रोकिएको ३ नं. वडाको गणनालाई निरन्तरता दिइँदैछ । सोमबार नै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया रंगेली पुगेर गणना प्रक्रिया चाँडो शुरु गर्न निर्देशन दिएका थिए ।

शनिबार राति होहल्ला हुन थालेपछि मतगणना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै मतगणना स्थगित गरिएको थियो । शनिबारसम्म गणना भएको मत परिणाम अनुसार एमालेबाट मेयरका उम्मेदवार बगडीया अग्र स्थानमा रहेका छन् । उनी आफ्ना प्रतिस्पर्धी कांग्रेसका मोदराज घिमिरे भन्दा ५ सय ६४ मतान्तरले अगाडी छन् ।  ३ हजार १ सय ३२ मत गणना हुँदा बगडीयाले १ हजार ६ सय ३१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मोदराज धिमिरेले १हजार ६७ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि एमालेकै भूमा पराजुली अगाडी छिन् । उनले १ हजार ६७ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार जसपाका पन्नालाल मण्डलले ४ सय २२ मत मात्र प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...