News Portal

  • धरानमा निर्वाचन आयुक्तको अनुगमन, गणक संख्या दोब्बर बनाउन निर्देशन

    हिमालीसंचार संवाददाता
    २२३ पटक

    धरान – स्थानी तहको निर्वाचन पश्चात मुलुभर मतगणना भइरहेको छ।  मोरङ जिल्लाको रंगेली नगरको निरीक्षणमा गएका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले धरानमा जारी मतगणनाको निरीक्षण गरेका छन् ।

    धरानमा मतगणना कार्य सुस्त भएको र नतिजा आउन ढिलाई भइरहेको जनगुनासो अत्यधिक आइरहेको समयमा प्रमुख आयुक्त थपलियाले धरानमा पनि निरीक्षण गरेका हुन् । धरानका निर्वाचन अधिकृत पुष्करराज नेपाललाई गणक संख्या दोब्बर बनाउन समेत निर्देशन दिएका छन् ।

    प्रमुख आयुक्त थपलियाले मुलुकभर जेठ ५ गतेभित्र मतगणना कार्य सम्पन्न गर्नें गरि मतगणना कार्यलाई अघि बढाउन पनि निर्देशन दिएका छन् । उनले बैशाख ३० गते सम्पन्न निर्वाचनको मत परिणाम जेठ ५ गते गतेभित्र सम्पन्न गर्ने गरी निर्देशन दिएका हुन्। 

    उनले २०७४ मा निवार्चित जनप्रतिनिधिहरुको पदावधि सकिने भएकोले ६ गते नयाँ जनप्रतिनिधिहरुलाई स्थानीय तहको सरकार हस्तान्तरण गर्न आयोग आतुर रहेको पनि बताए । स्थानीय तह जनप्रतिनिधिविहिन नहोस् भन्ने आयोगको मुख्य उद्देश्य रहेको उनको भनाई थियो । 

    निर्वाचनका विषयलाई लिएर एमालेले धाँधली गरेको आरोप लगाएकोबारे आयुक्त थपलियाले प्रमाणित नभएको कुरा बोलेर आफ्नो प्रतिष्ठा, उचाई र मर्यादा घटाउनेसँगै त्यसबारे पनि जवाफ नखोज्न सञ्चारकर्मीसँग आग्रह गर्दै यो आयोगको विषय नभएको बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...