आज : २०२६-०९-३०, बुधबार

धरानमा कांग्रेस र एमालेसंग संगै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ

धरान – धरान उपमहानगरपालिका धरानमा त्रिपक्षीय प्रतिष्पर्धा भइरहेको छ । धरानमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । गठबन्दनको तर्फबाट मेयर पदका उम्मेदवार कांग्रेसका किशोर राईले ३६४५ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्।

त्यस्तै, एमालेकी मन्जु भण्डारी र स्वतान्त्र उम्मदेवार हर्क साम्पाङले मतान्तर घटाइरहेका छन् । एमालेकी मेयरकी प्रत्यासी भण्डारीले २८९५ मत प्राप्त गरी कांग्रेसका राईलाई पछ्याइरहेकी छिन् । मेयरका स्वतन्त्र प्रत्यासी धरानका भष्ट्राचारविरुद्धका सामाजिक अभियन्ता हर्क साम्पाङले २७०९ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । 

उपमेयरमा गठबन्दनको तर्फबाट माओवादी केन्द्रका अईन्द्रविक्रम बेघाले ३९५३ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । एमालेका पदम इस्वोले ३४७६ मत प्राप्त गरी बेघालाई पछ्याइरहेका छन्।

धरानमा गठबन्धनका किशोर राई र एमालेकी मञ्जु भण्डारीको पकड रहेको क्षेत्रमा समेत साम्पाङले राम्रो मत ल्याएका छन् । एमाले र कांग्रेसका वडाअध्यक्षका उम्मेदवारले लिडिङ गरेको वडाहरुमा समेत स्वतन्त्र उम्मेदवारको मत बढि झरेकाले चुनावी परिणाम अप्रत्यासित रुपमा आउन सक्ने अनुमान गरिएको छ  । 

धरानको प्राप्त मत परिणामले एमालेको गडका रुपमा रहेको धरानमा मतदाताहरु राजनीतिक दलहरुप्रति वाक्क भएर स्वतन्त्र उम्मेदवारको पक्षमा उभिएको देखिन्छ । धरानमा ११ हजार ५४८ मत गणना गरिएको छ ।