News Portal

खोटाङको केपिलासगढी गाउपालिका अध्यक्षमा कांग्रेसका राई निर्वाचित

हिमालीसंचार संवाददाता
६२७ पटक

बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउपालिका बाक्सिलाको अध्यक्षमा कांग्रेसका समिर राई निर्वाचित भएका छन् । निर्वाचित राईका प्रत्यासी एकीकृत समाजवादीका उम्मेदवार माइतिराज राईले १८०८ मत प्राप्त गरेका थिए। त्यस्तै, नेकपा एमालेका निवर्तमान अध्यक्ष समेत रहेका कृष्णकुमार राईले १७४४ मत प्राप्त गरेका प्रत्यासी उम्मेदवारलाई पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार समीर राईले २२४४ मत प्राप्त गरी निर्वाचित भएका छन्।

त्यस्तै, उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राईले १९८३ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रत्यासी नेकपा एमालेकी मैया सुनुवारले १७६१ मत प्राप्त गरेकी छिन्। त्यस्तै, नेपाली कांग्रेसका राधा गिरीले १७४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए।

त्यस्तै, वडाध्यक्षहरुमा वडा नं. १ फेदीमा नेपाली कांग्रेसका निरकुमार राई, वडा नं. २ खार्ताम्छामा एकीकृत समाजवादीका मिलन राई, वडा नं. ३ बासपानीमा एकीकृत समाजवादीका तुलराम राई, वडा नं. ४ बाक्सिलामा नेकपा माओबादी केन्द्रका खड्गबहादुर तामाङ, वडा नं. ५ सप्तेश्वरमा नेकपा माओबादी केन्द्रका हिमालभक्त राई, वडा नं. ६ दिप्सुङमा नेपाली कांग्रेसता गोपाल राई र वडा नं. ७ सुङदेलमा नेकपा माओबादी केन्द्रका तेजकुमार राई निर्वाचित भएका निर्वाचन अधिकृत राईले हिमालीसंचारडटकमलाई जानकारी दिएका हुन् । 

एमालेको राम्रो पकड रहेका यी क्षेत्रहरु मध्येका केपिलासगढी गाउपालिकामा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले कुनै स्थान ल्याउन सकेन। सामाजिक संजाल फेसबुक मार्फत नेकपा एमालेका निवर्तमान अध्यक्ष कृष्णकुमार राईले स्थानीय तहको दोस्रो निर्वाचनमा जनताले अमुल्य मत दिनु भएको छ। जनताका अमुल्य मतका लागि आभार व्यक्त गरेका राईले निर्वाचित जनप्रतिनिधिहरुलाई समेत सफल कार्यकालको लागि बधाई तथा शुभकामना समेत दिएका छन् । 

उनले भनेका छन् ‘लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन हो, हार-जीत भनेको साधारण प्रकृया हो, यसमा जीतले पात्तिनु र हारले आत्तिनु हुदैन’ म बाक्सिलामा बसेर तपाईको हरेक समस्यामा साथ दिने प्रतिबद्धता जाहेर गर्दछु।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...