आज : २०२६-०६-२७, शनिबार

गौतमबुद्ध विमानस्थलमा कुवेतको जजिरा एयरबेजको पहिलो अन्तर्राष्ट्रिय उडान

रुपन्देही। रुपन्देहीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ। विमानस्थलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन्।

विमानस्थलको उद्घाटनसँगै कुबेतको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ। यस्तै, नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गरेको छ ।

निगमले व्यावसायिक उडान गर्दा जजिराको जहाज दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।