News Portal

खोटाङको केपिलासगढी वडा नं.६ दिप्सुङमा कांग्रेसका राई विजयी

हिमालीसंचार संवाददाता
८६७ पटक

सरोज भुजेल/बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउपालिका वडा नं.६ दिप्सुङमा नेपाली कांग्रेसका गोपाल राईले २०५ मत प्राप्त गरी निर्वाचित भएका छन्।

नेकपा एमालेका प्रत्यासी उम्मेदवार भानुभक्त तिम्सिनाले १३८ मत प्राप्त गरेका थिए भने जनता समाजवादी पार्टीका प्रत्यासी उम्मेदवार सोमकुमार राईले ८२ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाए। 

पालिकाको वडा नं. ६ दिप्सुङका खुल्ला सदस्यहरु पुण्यप्रसाद तिम्सिना, लक्ष्मण राई, महिला वडा सदस्य मैंया राई तामाङ र दलित महिला वडा सदस्य कमला दर्जी निर्वाचित भएका निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए। 

केपिलासगढी गाउपालिकाको वडा नं. १ फेदीमा नेपाली कांग्रेस, वडा नं.२ खार्ताम्छा र वडा नं. ३ बासपानीमा एकीकृत समाजवादी, वडा नं.४ बाक्सिला र वडा नं. ५ सप्तेश्वरमा नेकपा माओबादी केन्द्र र वडा नं. ६ दिप्सुङमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने नेकपा एमालेले अहिलेसम्म खाता खोल्न सकेको छैन।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...