News Portal

खोटाङको केपिलासगढी पालिकामा नेकपा माओबादी केन्द्रका दुई वडाध्यक्ष निर्वाचित

हिमालीसंचार संवाददाता
४८६ पटक

बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउपालिका वडा नं. ४ बाक्सिलामा सत्तरुढ गठबन्धनका खड्गबहादुर तामाङ र वडा नं. ५ सप्तेश्वरका सत्तरुढ गठबन्धनकै हिमालभक्त राई निर्वाचित भए।  वडा नं. ४ का तामाङले ४५८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रत्यासी नेपाली कांग्रेसको उम्मेदवारले ४२१ मत प्राप्त गरेका थिए। वडा सदस्यहरुमा तुफान राई र पुस्पराज राई, दलित महिला सदस्यमा गीता वि.क र महिला सदस्यमा रत्ना गुरुङ विजयी भएका छन् । 

वडा नं. ४ बाक्सिलामा तीन दलिय गठबन्धन नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले प्यानल सहित निर्वाचित भएका हुन्। 

त्यस्तै, वडा नं. ५ सप्तेश्वरमा तीन दलिय गठबन्धनका वडाध्यक्ष पदका उम्मेदवार हिमालभक्त राईले २३३ मत प्राप्त गरी प्यानलै निर्वाचित भएका छन्। 

सप्तेश्वर वडा नं. ५ का प्रत्यासी नेकपा एमालेका उम्मेदवारले २१४ मत प्राप्त गरेका थिए। वडा नं. ५ सप्तेश्वरमा कुल मतदाता संख्या १५०५ मा ९०४ जनाले मतदान गरेका निर्वाचन अधिकृतले जानकारी दिए। 

सप्तेश्वरमा पनी तीन दलिय गठबन्धनले प्यानल सहित निर्वाचित भएका हुन्। पालिकामा वडा नं.६ दिप्सुङ र वडा नं. ७ सुङदेलको मतगणना जारी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...