News Portal

यातायात कार्यालय एकान्तकुनाका तत्कालिन प्रमुखसहित १० कर्मचारी बिरुद्ध मुद्दा दायर

हिमाली संचार संवाददाता
६४५ पटक

काठमाडौँ -यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमती एकान्तकुनाका तत्कालिन कार्यालय प्रमुख तेजनारायण यादव सहित १० कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार यादवसहित शाखा अधिकृत ईश्वरराज रेग्मी, मेकानिकल ईन्जिनियर श्याम केसी, शाखा अधिकृत भुपराज दाहाल, शिव प्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी, ठुलो भ¥याङमा कार्यरत शाखा अधिकृत शालिग्राम पौडेल र यातायात ब्यवस्था विभागका अपरेटर लक्ष्मण तिवारी बिरुद्ध मुद्धा दायर गरेको हो ।

आयोगले ठुलो भ¥याङमा कार्यरत कम्युटर अपरेटर विज्ञान खड्की र एकान्तकुनामा कार्यरत नासु लेखनाथ भुषाल उपर पनी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

‘आर्थिक लाभ लिएर राष्ट्रसेवक कर्मचारीहरुले ट्रायल परिक्षाको नतिजा फेरबदल एवम् थपघट गराएर लाइसेन्स बाँडेको अनुसन्धानबाट खुलेको छ’ अख्तियार प्रवक्ता (सह–सचिव) रामेश्वर दंगालले भने, ‘उनीहरुले २०७४ साउन १ गतेदेखी फागुन २५ सम्मको अवधिमा २०८ ओटा लाइसेन्सको नतिजा फेरबदल गरेर भ्रष्टाचार गरेको आयोगको अनुसन्धानको क्रममा देखिएको छ ।’

कर्मचारीहरुले आर्थिक लाभ लिएर २०४ ओटा सवारी चालक अनुमति पत्र बिक्री नै गरिसकेको बताईएको छ । आयोगले तथ्याङ्क परिवर्तन गरेर सक्कली लाइसेन्स बिक्री गर्ने कार्यमा संलग्न  कर्मचारीहरु उपर भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ को कसुरमा सोही दफा १३ बमोजिम हदैसम्मको जरिवाना र कैद सजाय हुन विशेष अदालतसमक्ष माग दाबी गरेको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...