News Portal

  • निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको आग्रह

    हिमालीसंचार संवाददाता
    १४६ पटक

    काठमाडौं – निर्वाचन आयोगले कसैको लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न मतदाताहरूलाई आग्रह गरेको छ । बिहीवार आकस्मिक पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह गरेका हुन् ।

    उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारी पनि पूरा भइसकेको जानकारी दिए । प्रमुख आयुक्त थपलियाले निर्वाचनका लागि शान्ति सुरक्षाको सबै प्रबन्ध मिलाइ सकिएको र मतपेटिकाको सुरक्षा र सकिएपछि सबै मतपेटिका लैजाने काममा पनि सुरक्षित तवरबाट गरिने व्यवस्था मिलाएको बताए ।

    प्रमुख आयुक्त थपलियाले भने, ‘पद, पैसा र पहुँचबाट प्रभावित नभइ निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भइ कसैको लोभ, लालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको सही तरिकाले प्रयोग गर्न म सबै मतदाता महानुभावहरू प्रति हार्दिक आह्वान गर्दछु । निर्वाचनका सबै तयारी पूरा भइसकेका छन् । 

    शान्ति सुरक्षाको सम्पूर्ण प्रत्याभुति हुनेगरी सुरक्षा व्यवस्था मिलाइएको छ । मतदान कार्य सम्पन्न हुनासाथ सुरक्षित तवरबाट मतपेटिकाको ढुवानीको आवश्यक प्रबन्ध मिलाइएको र सबै मतपेटिका संकलन भएपछि तत्काल मतगणना कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाइएको छ। कुनैपनि मतदाता मतदानको अधिकारबाट वञ्चित नहुन भन्ने उद्देश्यले आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जाको सक्कली प्रमाणपत्रमध्ये कुनै एकको माध्यमबाट भोट हाल्न पाउने व्यवस्था गरिएको छ ।’

    प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभनमा नपरी, सही तरिकाबाट निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सफल बनाइदिन सम्पूर्ण मतदाताहरूलाई आग्रह गरे । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...