News Portal

पाँचथरमा निर्वाचन अधिकृतदेखि सुरक्षा कमान्डर सबै महिला अधिकृत

हिमालीसंचार संवाददाता
३४२ पटक

पाँचथर – पाँचथरको फिदिम सुखबोध मतदान केन्द्रका निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी महिला अधिकृतहरुको काँधमा परेको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीसँगै सुरक्षा कमान्डरको अभिभारा महिलाको काँधमा छ।

जिल्लाका नगरपालिका शिक्षा शाखा प्रमुख निर्मला दाहालको नेतृत्वमा सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीसहित ५ जनालाई दायित्व सुम्पिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजन सुवेदीले जानकारी दिए ।

यस निर्वाचन केन्द्रका सुरक्षा कमान्डर समाल्ने पनि सबै महिला अधिकृत छन् । यस मतदान केन्द्रमा करिब १ हजार २ सय मतदाताहरु छन् । मतदान सम्पन्न गर्नका लागि सर्वदलीय बैठक र अन्य तयारीसँगै व्यवस्थापनको सम्पूर्ण काम सम्पन्न गरिएको निर्वाचन अधिकृत दाहालले जानकारी दिइन् ।

त्यस्तै, तेह्रथुमको म्याङलुङ नगरपालिका–२, स्थित सिंहवाहिनी मावि ‘ख’ केन्द्रमा पनि मतदान अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारीसँगै सुरक्षा कमान्डरको सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको मुख्य निर्वाचन अधिकृत महेन्द्रप्रसाद पोखरेलले जानकारी दिए । 

यस निर्वाचन केन्द्रमा कृषि विकास बैंक शाखा प्रबन्धक सीता खनालको नेतृत्वमा ७ महिला कर्मचारी खटिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए । यो निर्वाचन केन्द्रमा १ हजार ४ सय ५९ मतदाताहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...