काठमाडौं – मतदाता नामावलीमा व्यक्तिगत विवरण छ भने मतदाता परिचयपत्र हराएका वा नभएकाले पनि भोट हाल्न पाउने भएका छन् ।
यसअघि आयोगले स्पष्ट निर्णय नगर्दा मतदाता परिचयपत्र हराएकाले के गर्ने भन्नेमा द्विविधा हुँदै आएकोमा मंगलबारको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नागरिकताकै आधारमा मतदाता परिचय बन्ने भएकाले नागरिकताको आधारमा भोट हाल्न मिल्ने बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार; ‘मतदाताको नामावलीको पूर्व सर्त भनेको नागरिकता प्राप्ति हो । सबै नेपाली नागरिकले जो मतदाता छन् मतदान गर्न पाउने गरी निर्वाचनको व्यवस्था छ ’, उनले भने । ६ हजार ७ सय ४३ वडा भित्रका सबै नेपाली नागरिकले मतदान यही अनुसार गर्न सक्ने उनले बताए ।