News Portal

आईजीपी सिंहको प्रवेशपछि प्रहरी हेडक्वाटरमा खुसीयाली, आफूले पाएको अन्याय अरुलाई हुन नदिने

हिमालीसंचार संवाददाता
३७५ पटक

काठमाडौं। झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाल प्रहरीभित्र ल्याएको ठूलो उथलपुथल प्रधानमन्त्री शेरबहादुर देउवाले सुधारको प्रयास गरेका छन्।

ओलीले आफूलाई मन परेका र दलालहरूले ल्याएका नामलाई अवसर दिनेदेखि बढुवा गर्नेसम्मका हर्कत गरेका थिए। ओलीले त्यो बेला दुईतिहाईको दम्भको आहँकारमा प्रहरीका उच्च अधिकारीहरूको मानमर्दन गरेका थिए।

एसएसपीबाट डीआईजीमा बढुवा होस् वा डीआईजीबाट एआईजीमा बढुवाको निर्णय होस् ओलीले आफू निकटकालाई मात्रै अवसर दिएका थिए। त्यो बेला तत्कालीन एसएसपी धिरजप्रताप सिंहसहितका उच्च अधिकारीहरू अन्यायमा परेका थिए।

पछि बल्लबल्ल डीआईजीमा बढुवा हुन पुगे सिंह। सिंहसहितका उच्च अधिकारीलाई दुईतिहाईको कम्युनिस्ट सरकारले तलै थिचेर राख्न खोजेको थियो। ओली सरकारले जति नै थिचे पनि रोलक्रम अनुसार बढुवा हुनै पर्ने थियो। वरीयता मिचेर ओलीले विश्वराज पोखरेललाई डीआईजी र एआईजीपमा बढुवा गरेर ठूलो अन्याय गरेका थिए।

ओलीको कोपभाजनमा परेका उच्च अधिकारीहरूले क्रमशः ठाउँ पाउँदै गएका छन्। नेपाली कांग्रेस नेतृत्वको अहिलेको सरकारले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेर न्याय दिएको छ।

सिंह प्रहरीभित्र हकी स्वभावका कमाण्डिङ गर्न क्षमताका व्यक्ति मानिन्छन्। सिंहले आईजीपीको कमाण्ड सम्हाल्ने वित्तिकै प्रहरीभित्र उत्साह छाएको छ। प्रहरी संठनभित्र आईजीपी सिंहले कुनै पनि भेदभाव, अन्याय नगरेर क्षमता, कार्यकुशलताका आधारमा काम गर्ने बताएका छन्।

आफू वरिष्ठ हुँदाहुँदै अन्यायमा परेर आईजीपीको पदमा पुगेको सिंहले आफू निकटका उच्च अधिकारीहरूलाई बताउने गरेका छन्। अन्याय र वरिष्ठता मिचिएको कुरा सहेर आएका सिंहले आफूले जस्तो अन्याय अरुलाई नहोस् भन्ने सतर्क रहेको बताउने गरेका छन्। विगतमा तितामीठा कुरालाई भुलेर निर्वाचनको सुरक्षामा केन्द्रित भएर जानुपर्ने आईजीपी सिंहको भनाइ छ।

प्रतिकृया दिनुहोस्

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...