News Portal

आईजीपी सिंहको प्रवेशपछि प्रहरी हेडक्वाटरमा खुसीयाली, आफूले पाएको अन्याय अरुलाई हुन नदिने

हिमालीसंचार संवाददाता
४१७ पटक

काठमाडौं। झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाल प्रहरीभित्र ल्याएको ठूलो उथलपुथल प्रधानमन्त्री शेरबहादुर देउवाले सुधारको प्रयास गरेका छन्।

ओलीले आफूलाई मन परेका र दलालहरूले ल्याएका नामलाई अवसर दिनेदेखि बढुवा गर्नेसम्मका हर्कत गरेका थिए। ओलीले त्यो बेला दुईतिहाईको दम्भको आहँकारमा प्रहरीका उच्च अधिकारीहरूको मानमर्दन गरेका थिए।

एसएसपीबाट डीआईजीमा बढुवा होस् वा डीआईजीबाट एआईजीमा बढुवाको निर्णय होस् ओलीले आफू निकटकालाई मात्रै अवसर दिएका थिए। त्यो बेला तत्कालीन एसएसपी धिरजप्रताप सिंहसहितका उच्च अधिकारीहरू अन्यायमा परेका थिए।

पछि बल्लबल्ल डीआईजीमा बढुवा हुन पुगे सिंह। सिंहसहितका उच्च अधिकारीलाई दुईतिहाईको कम्युनिस्ट सरकारले तलै थिचेर राख्न खोजेको थियो। ओली सरकारले जति नै थिचे पनि रोलक्रम अनुसार बढुवा हुनै पर्ने थियो। वरीयता मिचेर ओलीले विश्वराज पोखरेललाई डीआईजी र एआईजीपमा बढुवा गरेर ठूलो अन्याय गरेका थिए।

ओलीको कोपभाजनमा परेका उच्च अधिकारीहरूले क्रमशः ठाउँ पाउँदै गएका छन्। नेपाली कांग्रेस नेतृत्वको अहिलेको सरकारले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेर न्याय दिएको छ।

सिंह प्रहरीभित्र हकी स्वभावका कमाण्डिङ गर्न क्षमताका व्यक्ति मानिन्छन्। सिंहले आईजीपीको कमाण्ड सम्हाल्ने वित्तिकै प्रहरीभित्र उत्साह छाएको छ। प्रहरी संठनभित्र आईजीपी सिंहले कुनै पनि भेदभाव, अन्याय नगरेर क्षमता, कार्यकुशलताका आधारमा काम गर्ने बताएका छन्।

आफू वरिष्ठ हुँदाहुँदै अन्यायमा परेर आईजीपीको पदमा पुगेको सिंहले आफू निकटका उच्च अधिकारीहरूलाई बताउने गरेका छन्। अन्याय र वरिष्ठता मिचिएको कुरा सहेर आएका सिंहले आफूले जस्तो अन्याय अरुलाई नहोस् भन्ने सतर्क रहेको बताउने गरेका छन्। विगतमा तितामीठा कुरालाई भुलेर निर्वाचनको सुरक्षामा केन्द्रित भएर जानुपर्ने आईजीपी सिंहको भनाइ छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...