News Portal

चुनावको भिडियो अपलोड गरी २० देखि ५० लाख भ्युज बनाए आयोगले नगद पुरस्कार दिने

हिमालीसंचार संवाददाता
३६१ पटक

काठमाडौं – निर्वाचन आयोगले चुनावसम्बन्धी सन्देशमुलक भिडियो प्रचारप्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउनेलाई नगद पुरस्कार दिने भएको छ।

वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले बनाएका सन्देशमुलक भिडियो आफ्नो पेज, एकाउन्ट र संस्थाका पेजमा अपलोड गर्न सकिने आयोगले बताएको छ । त्यस्ता भिडियोहरु आयोगका ट्वीटर, युट्युव र फेसबुक तथा भाइबरमा अपलोड गरिसकिएका छन्।

आयोगका भिडिओ वैशाख २९ गतेभित्र फेसबुक, युट्युव, टिकटकलगायतमा पोस्ट गर्ने, सेयर गर्ने र २० देखि ५० लाख भ्युज बनाउनेलाई नगद पुरस्कार दिइने आयोगले बताएको छ।

आज सूचना जारी गर्दै आयोगले ५० लाख भ्युज बनाउनेलाई ५० हजार नगद दिने बताएको छ। यस्तै तीस लाख भ्युज बनाउनेलाई ३० हजार र २० लाख भ्युज बनाउनेलाई २० हजार पुरस्कार दिने आयोगको भनाइ छ।

यस्तो छ सूचना:

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...