News Portal

केपिलासगढी गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार शेर्पासहित सात जनाको उम्मेदवार फिर्ता

हिमालीसंचार संवाददाता
६०२ पटक

बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेद्वार बनेका साङ्गे शेर्पा सहित सात जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।

यस्तै, वडाध्यक्षका तीन, दलित महिला सदस्यका एक, महिला सदस्यका एक र खुला सदस्यका एक जनाले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।

केपिलासगढीमा नेपाली कांग्रेसबाट अध्यक्षमा समिर राई र उपाध्यक्षमा राधा गिरी, नेकपा एमालेबाट अध्यक्षमा कृष्णकुमार राई र मैयाँ सुनुवार, गठबन्धनकातर्फबाट अध्यक्षमा नेकपा एकीकृत समाजवादीका माइतीराज राई र उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राईले उम्मेदवारी दिई चुनावी मैदानमा रहेका छन् । केपिलासगढी गाउँपालिकामा नेपाली कांग्रेस बाहेकको गठबन्धन बनेको हो ।

तस्वीर- कालिकाप्रसाद रिमाल

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...