News Portal

मुसिकोट नगरपालिकामा ८० जनाले उम्मेदवारी फिर्ता लिए

हिमालीसंचार संवाददाता
३५३ पटक

रुकुम – रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ४ जना नगरप्रमुख, १ जना उपप्रमुखका उम्मेदवारसहित ८० जनाले उम्मेदवारी फिर्ता लिएका छन्

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडासदस्य सहित ८० जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत अशोक कुमार रानाले जानकारी दिए । त्यस्तै नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका वीरबल केसी, एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार अञ्जना चन्द, राप्रपाबाट उम्मेदवारी दिएका नवीन मल्ल र जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार दिएका प्रेम बोहराले उम्मेदवारी फिर्ता लिएका छन् ।

उता काँग्रेसबाट उपप्रमुखमा उम्मेदवारी दिएकी निर्मला गिरीले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । अधिकृत रानाका अनुसार २५ जना वडाध्यक्ष, ११ जना महिला सदस्य, ११ जना दलित सदस्य र २८ जना खुल्ला सदस्य पदका उम्मेदवारहरूले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...