News Portal

धरानमा २ जना मेयर सहित २४ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

४ सय ४७ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन

हिमालीसंचार संवाददाता
३७७ पटक

धरान – आसन्न स्थानीय तह निर्वाचनका लागि गत वैशाख ११ र १२ गते विभिन्न पदमा उम्मेदवारी दिने उम्मेदवारहरु मध्ये धरानमा २ जना मेयर पदका उम्मेदवार सहित २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत  गणेशप्रसाद खतिवडाका अनुसार मेयर पदबाट नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार रेवतीरमण राई, सचेत नेपाली पार्टीका सुस्मिता कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । यसैगरी उपमेयरमा नेकपा एकीकृत समाजवादीका अमृता सुनारले आफ्नो उम्मेदवारी फिर्ता लएका हुन् । 

त्यस्तै, ९ जना वडाध्यक्षहरूले पनि उम्मेदवारी फिर्ता लिएका छन्। नेकपा माओवादी केन्द्रबाट धरान-२ का पिङ्की अग्रवाल, धरान-६ का लोकबहादुर खडका, धरान-९ का रविन श्रेष्ठ, धरान-१२ का गङ्गा बराल पौडेल, धरान-१४ का दलबहादुर कठियत र धरान-१६ बाट प्रेमबहादुर तामाङ रहेका छन् । 

वडाध्यक्षबाट नेपाली काङ्ग्रेसबाट गणेश बजगाईँ, स्वतन्त्रबाट २ जना वडाध्यक्ष धरान-२ बाट गणेश प्रधान, धरान-१६ बाट प्रेम बहादुर तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । 

उम्मेदवारी फिर्ता लिनेहरूमा खुल्ला सदस्य तर्फ ७ जना, जसमा नेकपा माओवादी केन्द्रबाट ६ जना, नेकपा एकीकृत समाजवादीबाट १ जना र नेपाली काङ्ग्रेसबाट १ जना रहेका छन् । महिला सदस्यबाट उम्मेदवारी फिर्ता लिनेहरूमा नेकपा माओवादी केन्द्रबाट ३ जना र नेपाली काङ्ग्रेसबाट १ जना गरी जम्मा ४ जनाले फिर्ता लिएका छन् । दलित महिला सदस्यबाट १ जना गरी जम्मा धरानबाट २ मेयर, १ उपमेयर सहित २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । 

उम्मेदवारी फिर्ता भइसकेपछि शुक्रवार साँझ निर्वाचन अधिकृतको कार्यालय धरानले धरानमा ४ सय ४७ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। शनिवार स्वतन्त्र उम्मेदवारका लागि धरानमा निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ। 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...