News Portal

धरानमा २ जना मेयर सहित २४ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

४ सय ४७ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन

हिमालीसंचार संवाददाता
२६८ पटक

धरान – आसन्न स्थानीय तह निर्वाचनका लागि गत वैशाख ११ र १२ गते विभिन्न पदमा उम्मेदवारी दिने उम्मेदवारहरु मध्ये धरानमा २ जना मेयर पदका उम्मेदवार सहित २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत  गणेशप्रसाद खतिवडाका अनुसार मेयर पदबाट नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार रेवतीरमण राई, सचेत नेपाली पार्टीका सुस्मिता कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । यसैगरी उपमेयरमा नेकपा एकीकृत समाजवादीका अमृता सुनारले आफ्नो उम्मेदवारी फिर्ता लएका हुन् । 

त्यस्तै, ९ जना वडाध्यक्षहरूले पनि उम्मेदवारी फिर्ता लिएका छन्। नेकपा माओवादी केन्द्रबाट धरान-२ का पिङ्की अग्रवाल, धरान-६ का लोकबहादुर खडका, धरान-९ का रविन श्रेष्ठ, धरान-१२ का गङ्गा बराल पौडेल, धरान-१४ का दलबहादुर कठियत र धरान-१६ बाट प्रेमबहादुर तामाङ रहेका छन् । 

वडाध्यक्षबाट नेपाली काङ्ग्रेसबाट गणेश बजगाईँ, स्वतन्त्रबाट २ जना वडाध्यक्ष धरान-२ बाट गणेश प्रधान, धरान-१६ बाट प्रेम बहादुर तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । 

उम्मेदवारी फिर्ता लिनेहरूमा खुल्ला सदस्य तर्फ ७ जना, जसमा नेकपा माओवादी केन्द्रबाट ६ जना, नेकपा एकीकृत समाजवादीबाट १ जना र नेपाली काङ्ग्रेसबाट १ जना रहेका छन् । महिला सदस्यबाट उम्मेदवारी फिर्ता लिनेहरूमा नेकपा माओवादी केन्द्रबाट ३ जना र नेपाली काङ्ग्रेसबाट १ जना गरी जम्मा ४ जनाले फिर्ता लिएका छन् । दलित महिला सदस्यबाट १ जना गरी जम्मा धरानबाट २ मेयर, १ उपमेयर सहित २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । 

उम्मेदवारी फिर्ता भइसकेपछि शुक्रवार साँझ निर्वाचन अधिकृतको कार्यालय धरानले धरानमा ४ सय ४७ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। शनिवार स्वतन्त्र उम्मेदवारका लागि धरानमा निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ। 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...