News Portal

  • साउदीमा जम्बो टोली लगेपछि वायुसेवा निगमका अध्यक्षलाई पर्यटनमन्त्रीले सोधे स्पष्टीकरण

    हिमालीसंचार संवाददाता
    ९० पटक

    काठमाडौं – नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले शुरु गरेको साउदी अरेबियाको रियादमा उडानसँग असम्बन्धित व्यक्तिहरुको जम्बो टोलीलाई साउदी लगेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेका छन् ।

    पर्यटन मन्त्री आलेको सचिवालयका अनुसार यो टोलीमा नेपाल वायुसेवा निगमको उडानसँग असम्बन्धित धेरै व्यक्तिहरुलाई निगमका अध्यक्ष युवराज अधिकारीले साउदी अरेबिया लगेपछि स्पष्टीकरण सोधिएको हो ।

    ‘हामीले निगमको उडानका लागि चाहिने व्यक्तिलाई मात्रै लैजानुस् भनेका थियौं,’ सचिवालयका एक अधिकारीले भने, ‘तर, असम्बन्धित व्यक्तिहरुको जम्बो टोली लगेपछि स्पष्टीकरण सोधेका छौं ।’

    गत शुक्रबार काठमाडौंबाट रियाद उडेको पहिलो उडानमा दुई दर्जन व्यक्तिलाई निगमले सित्तैमा रियाद उडाएको थियो ।यसअघि आलेले निगमको आन्तरिक उडानमा प्रयोग भइरहेको एक जहाज निजी कम्पनीलाई ठेक्कामा दिएको सन्दर्भमा समेत स्पष्टीकरण सोधेका छन् । निगमले आफ्नो जहाजमा टिकट काटेर उडाउने गरी अर्कै एक निजी कम्पनीलाई चार्टर्ड उडान गर्न जहाज ठेक्कामा दिएको मन्त्रालय स्रोतको भनाइ छ ।

    ‘यसरी ठेक्कामा दिँदा कानूनी प्रावधान पुरा गरेको छ कि छैन, ठेक्कामा दिँदा निगमलाई आर्थिक लाभ हानी के हुन्छ, प्रक्रिया पारदर्शी छ कि छैन,’ भन्नेजस्ता प्रश्न राखेर स्पष्टीकरण सोधिएको ती अधिकारीले जानकारी दिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    प्रधानमन्त्री ओलीको घोषणा : आगामी १५ वर्षभित्र नेपालबाट गरिबी हटाइने

    झापा, असार २९  – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने...

    फुस्रेखोलामा पौडी खेल्दा डुबेर युवकको मृत्यु

    पोखरा, असार २९  — पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर...

    दक्षिण भारतीय सिनेमाका खलनायक कोटा श्रीनिवास अब रहेनन्

    हैदराबाद, असार २९ – दक्षिण भारतीय सिनेमामा आफ्नो दमदार अभिनयले छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली अभिनेता...

    स्पेन भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग, सहभागीहरू नफर्किएको दाबी

    काठमाडौं, असार २९ — प्रधानमन्त्री सहभागी स्पेन भ्रमणमा भिजिट भिसाबाट गएका केही नेपाली नफर्किएको पुष्टि...

    झापामा प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : स्पेन भ्रमणबारे अराजकहरूले फैलाएको हल्ला आधारहीन

    झापा, असार २९ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणलाई लिएर केही...