News Portal

साउदीमा जम्बो टोली लगेपछि वायुसेवा निगमका अध्यक्षलाई पर्यटनमन्त्रीले सोधे स्पष्टीकरण

हिमालीसंचार संवाददाता
१६४ पटक

काठमाडौं – नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले शुरु गरेको साउदी अरेबियाको रियादमा उडानसँग असम्बन्धित व्यक्तिहरुको जम्बो टोलीलाई साउदी लगेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेका छन् ।

पर्यटन मन्त्री आलेको सचिवालयका अनुसार यो टोलीमा नेपाल वायुसेवा निगमको उडानसँग असम्बन्धित धेरै व्यक्तिहरुलाई निगमका अध्यक्ष युवराज अधिकारीले साउदी अरेबिया लगेपछि स्पष्टीकरण सोधिएको हो ।

‘हामीले निगमको उडानका लागि चाहिने व्यक्तिलाई मात्रै लैजानुस् भनेका थियौं,’ सचिवालयका एक अधिकारीले भने, ‘तर, असम्बन्धित व्यक्तिहरुको जम्बो टोली लगेपछि स्पष्टीकरण सोधेका छौं ।’

गत शुक्रबार काठमाडौंबाट रियाद उडेको पहिलो उडानमा दुई दर्जन व्यक्तिलाई निगमले सित्तैमा रियाद उडाएको थियो ।यसअघि आलेले निगमको आन्तरिक उडानमा प्रयोग भइरहेको एक जहाज निजी कम्पनीलाई ठेक्कामा दिएको सन्दर्भमा समेत स्पष्टीकरण सोधेका छन् । निगमले आफ्नो जहाजमा टिकट काटेर उडाउने गरी अर्कै एक निजी कम्पनीलाई चार्टर्ड उडान गर्न जहाज ठेक्कामा दिएको मन्त्रालय स्रोतको भनाइ छ ।

‘यसरी ठेक्कामा दिँदा कानूनी प्रावधान पुरा गरेको छ कि छैन, ठेक्कामा दिँदा निगमलाई आर्थिक लाभ हानी के हुन्छ, प्रक्रिया पारदर्शी छ कि छैन,’ भन्नेजस्ता प्रश्न राखेर स्पष्टीकरण सोधिएको ती अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...