News Portal

  • मनसुन बाहिरिएसँगै चिसो बढ्ने सम्भावना

    हिमाली संचार संवाददाता
    ७०२ पटक

    काठमाडौँ- बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट शुक्रबारदेखि बाहिरिएसँगै चिसो बढ्ने क्रम शुरु भएको छ ।  मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

    यो समयमा पश्चिमीचिसो वायुको प्रभाव कायम रहन्छ । आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक÷दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आइतबारको न्यूनतम तापक्रम १३ दशमलब ७ र अधिकतम २७ डिग्री सेल्सियस रहने महाशाखाको अनुमान छ ।

    सोमबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । सोमबार राति पूर्वी र पश्चिम भूभागमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । मङ्गलबार दिउँसो पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज चन्द्र ग्रहण : जप गरौं यी चार मन्त्र

    काठमाडौं, भदौ २२ – आज आइतबार साँझ दोस्रो चन्द्र ग्रहण लाग्दैछ। सनातन धर्ममा ग्रहणलाई विशेष...

    बालिकालाई ठक्कर प्रकरणमा मन्त्री रानाको स्पष्टीकरण

    विराटनगर, भदौ २२ – कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले...

    देउवाको फेसबुक पोस्टमा बालेनको व्यङ्ग्य: “यो पोस्ट कुन भीपीएनबाट ?”

    काठमाडौं, भदौ २२ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेसबुकमा राखेको पोस्टलाई काठमाडौं महानगरका मेयर...

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...