काठमाडौं : प्रमुख विपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रदेश र स्थानीय तहमा उचित बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिएका छन् ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा महामन्त्री डा.कोइरालाले संघीयतालाई कार्यान्वयन गर्ने हो भने सरकारले स्थानीय र प्रदेश सरकारलाई उचित बजेटको व्यवस्था गर्न ढिलाई गर्न नहुने बताए ।
डा.कोइरालाले संघीयताको वास्तविक कार्यान्वयनका लागि सरकार गम्भीर बन्न नसकेको आरोप लगाए । सरकारले बलात्कार, हत्यालगायतका घटना नियन्त्रण गर्नुको साटो ढाकछोप गरिरहेको महामन्त्री डा.कोइरालाको आरोप छ ।
कांग्रेस महामन्त्री डा.कोइरालाले देशलाई समृद्ध बनाउन युवा परिचालनमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।