News Portal

८० वर्षीया कमसरी राईकाेकाे गुमेको ज्योति फर्कँदा

हिमाली संचार संवाददाता
८५१ पटक

ओखलढुगां – सिस्नेरीकी ८० वर्षीया कमसरी राई आँखा देखुन्जेल सक्रिय थिइन् । घाँसदाउरा गर्ने, खाना पकाउने, बिरामी श्रीमान स्याहार्थिन् । उनको आँखा धमिला हुँदै गएपछि काम गर्न नसक्ने भइन् । आँखाको ज्योति हराएपछि लठ्ठीको साहराले हिँड्न थालिन् ।

गुमेको ज्योति फेरि फर्किन्छ होला भनेर उनले कहिल्यै सोचेकी थिइनन् । उपचारका नाममा झारफुक मात्रै गरेको उनी सुनाउँछिन् । उनले भनिन्, ‘छोरानाती भएका भए खर्च गरेर अस्पताल लगिदिन भन्थेँ, छोरीका आफ्नै दु:ख थिए, भन्न मन लागेन ।’

शुक्रबार उनले नसोचेको कुरा भयो । अर्थात् उनले फेरि संसार देखिन् । आँखाका ज्योति फर्कियो । तिलगंगा आँखा अस्पतालले सिन्धुलीको फिक्कल गाउँपालिकामा उनको नि:शुल्क आँखा शल्यक्रिया गरिदिएपछि उनी पूर्ण देख्ने भएकी हुन् । शुक्रबार उनी लगायत १ सय २३ वृद्धवृद्धाको निशुल्क आँखा शल्यक्रिया भएको थियो ।

मोतीबिन्दुका कारण उनका दुवै आँखाका ज्योति हराएको थियो । शल्यक्रिया पश्चात् उनले भनिन्, ‘अब घिस्रेर हिड्ँनु पर्दैन होला, कसैलाई दु:ख दिनु पर्दैन होला, यसैमा धेरै खुशी छु ।’

धनुसाका मनोजकुमार पनि शुक्रबार प्रष्ट आँखा देख्ने भए। मोतीबिन्दुका कारण पाँच वर्ष उनी धमिलो संसारमा बाँचे। छामछुमको भरमा जिन्दगी बिताए। सिन्धुलीमा सुरक्षा गार्डको काम गर्दै आएका उनी खर्च अभावका कारण अस्पताल पुग्न सकेका थिएनन्। उनले भने, ‘मजदुरीको पैसाले परिवार पाल्न पनि पुग्दैन, टाढाको अस्पताल जान, खर्च गर्न कसरी सोच्नुँ।’

राजधानीभन्दा थोरै दूरीको जिल्ला भएपनि सिन्धुलीको फिक्कल गाउँपालिका र वरपरका गाउँमा अझै बिजुली पुगेको छैन। नजिक अस्पताल छैन। सानातिना स्वास्थ्य समस्यालाई त मानिसहरू वास्ता पनि गर्दैनन्। आँखै नदेख्ने भइसक्दा समेत अस्पताल पुग्दैनन्,वृद्धवृद्धा घरेलु उपचारको भरमा छन्।

खाङसाङ गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनार भन्छिन्, ‘ नजिक अस्पताल छैन,बुढाबुढी टाढाको अस्पताल पुग्न सक्दैनन्, लगिदिने पनि कोही हुँदैनन्।’ कोही भने बुढाबुढी भइसकेपछि कति नै बाँचिन्छ र भन्ने मानसिकताका कारण उपचार गर्न नमान्ने उनले बताइन्।

बढ्दो उमेरसँगै कपाल फुले जस्तै आँखभित्रको लेन्स पाक्दै जाने समस्या मोतिविन्दु हो। खासगरी ५० उमेर कटेका वृद्धवृद्धामा यस्तो समस्या हुन्छ। लेन्स पाक्दै जाँदा आँखा धमिलो देख्ने, विस्तारै आँखाको ज्योति हराएर गई अन्धोपन हुन्छ। उपचार गरेमा अन्धोपन भईसकेको ज्योति समेत फर्किएर आउँछ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...