News Portal

पत्रकार पाण्डेविरुद्धको मुद्दा फिर्ता

हिमालीसंचार संवाददाता
३५२ पटक

युएई— युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको उजुरीका आधारमा युएईको अदालतले पत्रकार उमाकान्त पाण्डेलाई जेल सजाय, जरिवाना र देश निकालाको फैसला गरेकोमा ढकालले पाण्डेविरुद्धको मुद्दा फिर्ता लिएका छन्। परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार राजदूत ढकालले युएईको परराष्ट्र मत्रालयमा १० दिनअघि पाण्डेविरुद्ध मुद्दा फिर्ताको लिखित निवेदन दिएका थिए।

राजदूत ढकालको निवेदन त्यहाँको परराष्ट्र मन्त्रालयमार्फत् महान्यायाधीवक्ताको कार्यालयमा पुगिसकेको छ। परराष्ट्र स्रोतका अनुसार सुरुमा राजदूत ढकालले पाण्डेविरुद्ध उजुरी दिएको स्वीकार गरेका थिएनन्। तर, नेपाल पत्रकार महासंघले विस्तृत विवरण सार्वजनिक गरेपछि पाण्डेले आफूलाई दुःख दिएका कारण उजुरी दिएको जानकारी परराष्ट्र मन्त्रालयमा दिएका थिए।

फेसबुकमा स्टाटस लेखेका आधारमा राजदूत ढकालले पाण्डेमाथि प्रतिशोधका आधारमा युएई प्रहरीलाई निवेदन दिएको र त्यही आधारमा अदालतले पाण्डेविरुद्ध फैसला सुनाएको परिवारको आरोप छ। पाण्डे अबुधावीमा रहेको अलसापा नामक कम्पनीको कर्मचारीका रुपमा बस्दै आएका छन्। उनको प्रमुख पेशा पत्रकारिता नभएपनि पार्टटाइमरुपमा काम गर्दै आएका छन्।

राजदूत ढकालको उजुरीका आधारमा अबुधावी प्रहरीले पक्राउ गरेर पाण्डेमाथि छानविन गरेको थियो। ढकालको उजुरी र  प्रहरी छानविनका आधारमा अबुधावीको कोर्ट अफ फस्र्ट इन्स्टान्सले तीन महिना जेल सजाय, २० हजार दिराम (करिब ६ लाख नेपाली रुपियाँ) जरिवाना र युएईबाट देश निकालाको फैसला गरेको थियो। पाण्डे अहिले जेलमा छन्। पाण्डेको अपराधमा दुईपटक पुनरावेदन गर्न पाउने त्यहाँको कानुनी व्यवस्थाअनुसार उनले पहिलो पुनरावेदन दिएका छन्।

पाण्डेले आफू निर्दोष रहेको भन्दै माफीका लागि दिएको पहिलो निवेदनमा पुनरावेदन अदालतले जेल सजाय माफी दिएको छ भने जरिवाना र देश निकालाको फैसलालाई सदर गरेको छ। पाण्डेले पूरै सजाय माफीका लागि अदालतमा दोस्रो पुनरावेदन दिएका छन्।

पत्रकार महासंघको चर्को विरोधपछि परराष्ट्र मन्त्रालयले राजदूत ढकाललाई सोधपुछ गरेको थियो। त्यसक्रममा पाण्डेविरुद्ध राजदूत ढकाल स्वयंले त्यहाँको प्रहरीलाई निवेदन दिएको र त्यसआधारमा पाण्डेविरुद्ध फैसला भएको परराष्ट्र मन्त्रालयले पत्ता लगाएको थियो। परराष्ट्रले निर्देशन दिएलगत्तै राजदूत ढकालले मुद्दा फिर्ताका लागि अबुधावीको परराष्ट्र मन्त्रालयमार्फत् निवेदन दिएका छन्। मुद्दा फिर्ताको निवेदन त्यहाँको महान्यायधिवक्ताको कार्यालयमा पुगिसकेको छ।

परराष्ट्रका एक अधिकारीले पाण्डेविरुद्ध बाँकी रहेका दुई सजायका विषयमा निर्णय लिने प्रक्रिया सुरु हुने जानकारी प्राप्त भएको बताए। अहिले मुस्लिमहरुको रमदान पर्व परेकाले उनको कानुनी प्रक्रिया टुंगिन समय लाग्ने जानकारी आएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

पाण्डेविरुद्ध दूताबासले नै उजुरी दिएको र त्यसआधारमा अबुधावी अदालतले जेल सजाय सुनाएको समाचार नेपालमा प्रकाशित भएपछि सुरुमा राजदूत ढकालले आफ्नो र दूताबासको संलग्नता नरहेको जिकिर गर्दै आएका थिए।  राजदूत ढकालले त्यस्तो कार्य गरेको पुष्टि भए राजदूत पदबाट राजीनामा दिनेसमेत बताएका थिए।नयाँपत्रिकाबाट।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...