News Portal

यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइ माग गर्दै माइतीघरमा प्रदर्शन

हिमालीसंचार संवाददाता
३८० पटक

काठमाडौँ। यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ। फेसबुकमा स्टाटस लेखेकै कारण पाण्डेलाई नेपाली दूतावास र राजदूत कृष्णप्रसाद ढकालले नै षड्यन्त्र गरेर जेल पठाएको भन्दै पाण्डेको रिहाइको लागि युथ कंग्रेसको आयोजनामा पत्रकार र युवा विद्यार्थीहरूले धर्ना दिएका हुन्।

प्रदर्शनमा सहभागी नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दूतावास र राजदूतले आफ्नो देशका नागरिकको संरक्षण गर्नुपर्नेमा उजुरी नै गरेर जेल पठाउनु अक्षम्य अपराध भएको बताए। उनले पत्रकार पाण्डेलाई रिहाईको लागि परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने र राजदूतलाई तत्कालै फिर्ता बोलाउनुपर्ने बताए।

पत्रकार पाण्डेलाई जेल हाल्नका लागि राजदूत ढकालले नै युएईको प्रशासनलाई लेखेको पत्र महासंघले प्राप्त गरेको भन्दै अध्यक्ष पोखरेलले अख्तियारको दुरुपयोग र आफ्नै नागरिकलाई विदेशको जेल हाल्न षड्यन्त्र गर्ने राजदूतलाई पदमा बस्ने कानुनी आधार र नैतिकता नभएको बताए।

कान्तिपुरका अनुसार पत्रकार पाण्डेले नेपालमा रहँदा गएको जनवरी ७ अर्थात् पुस २३ गते सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको आशयमा स्ट्याटस लेखेका थिए। फेसबुकमै लेखेको आधारमा पत्रकारलाई जेल पठाइनु संविधानमा भएका मौलिक हककै उल्लंघन भएको भन्दै पत्रकारहरूले विरोध गर्दै आएका छन्।

यूएईको नेपाली दूतावासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाइ दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिबाना र सम्पत्ति जफतसहित देश निकाला गर्ने कारबाही सुनाएसँगै पाण्डे जेलमा छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...