News Portal

  • दुबईमा इलामका नरेन्द्रले जिते १ किलो सुन

    हिमाली संचार संवाददाता
    ५५५ पटक

    रामप्रसाद ढुंगेल/यूएई – रोजगारीका लागि यूएईमा रहेका इलामका नरेन्द्र मगरले १ किलो सुन जितेका छन् । समर सरप्राइज–२०१८ उपहार योजनाअन्तर्गत भाग्यशाली ग्राहक बन्न सफल मगरले उक्त सुन गोलाप्रथाबाट हात पारेका हुन् ।

    युएईको रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जले मगरलाई १ किलो सुन हस्तान्तरण गरेको छ । एक्सचेञ्जको बर दुबई शाखामा साउन १० गते बिहीबार एक कार्यक्रम आयोजना गरेर उक्त सुन मगरलाई प्रदान गरिएको अहालिया एक्सचेञ्जका नेपाली व्यापार प्रमुख बेनी माधव ढकालले जानकारी दिए ।

    मगरले गत जून १२ तारिख अल अहालिया एक्सचेञ्जको बर दुबई शाखाबाट पढाइ खर्चस्वरुप बिर्तामोड झापामा अध्ययनरत आफ्नी बहिनी अनुसा थापा मगरलाई २० हजार रुपैयाँ पठाएका थिए । विर्तामोड झापाको कन्काई कलेजमा स्नातक अन्तिम वर्षको अध्ययन गरिरहेकी बहिनीलाई पठाएको त्यही पैसाको कारण मगरले करिब ४५ लाख रुपैयाँ बराबरको सुन उपहार प्राप्त गरेका छन् ।

    मगरले अहालिया एक्सचेञ्जकै रोवरमा उक्त सुन युएईमा बिक्री गरेर रकम नेपाल लैजाने बताएका छन् । इलामको जमुना–४ का २५ वर्षीय मगर दुबईको ट्रान्सगार्ड कम्पनीको क्याटिरङ विभागमा वेटरका रुपमा कार्यरत थिए ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२२ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २२ गते शनिबार इश्वी सन २०२४ मे ४...

    एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

    बैशाख-२१, शुक्रबार/काठमाडौं –  नेपाल सरकारले हाल मुलुकमा चलन चल्तीका रुपमा रहेको रु. १०० रुपैयाँको नोटमा...

    दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार (भिडियो सहित)

    बैशाख-२१, शुक्रबार/मोरङ –  दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा झापाको दमकमा एक छात्रामाथि...

    रंगेलीमा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सम्पन्न

    बैशाख-२१, शुक्रबार/मोरङ – कोशी प्रदेश प्रहरी कार्यालयद्वारा प्रदेश नम्बर १ अन्तरगत संचालनमा ल्याएको दुर्व्यसन विरुद्ध...

    पुराना सम्झनाहरु आज पनि ताजै लाग्छ

    काठमाण्डौ। ०४६ सालमा प्रजातन्त्र आएपछि पहिलो स्थानिय निर्वाचन ०४९ सालमा भयो। गाउँबस्ती सबै हराभरा थियो।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal