News Portal

धरानको वीपी स्वास्थ्य विमाबारे छलफल, विमाको सेवा रोकिदैनः मेयर राई

हिमालीसंचार संवाददाता
२०४ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य विमाको सेवा रोक्ने निर्णय गरेको बिषयमा स्थानीय सरकार र स्थानीय प्रशासनले प्रतिष्ठानसँग छलफल गरेको छ ।

धरान उपमहानगरपालिका धरानका मेयर तिलक राई, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा, सशस्त्र प्रहरीका एसपी बिक्रम होमागाई लगायदले प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा.विकास साह, अस्पताल प्रशासनका कर्मचारी अशोककुमार साहलगायत अधिकारीहरुसँग आज शुक्रबार छलफल गरेको गरेका छन्। 

आज भएको छलफलमा स्थानीय सरकार र स्थानीय प्रशासनले विमा सेवा रोक्ने निर्णयप्रति ध्यानकर्षण भएको जनाउदै स्वास्थ्य विमा कार्यक्रम निरन्तर सञ्चालन गन प्रतिष्ठान प्रशासनलाई आग्रह पनि गरेका थिए । धरानका मेयर राईका अनुसार विमा बोर्डले चैत ७ गते नै ३ करोड ५७ लाख रकम प्रतिष्ठानको खातामा भुक्तानी गरिसकेको छ भने यसै साता थप ६,७ करोड कम पनि भुक्तानी गर्ने जानकारी दिएको छ । 

तसर्थ, प्रतिष्ठानलाई विमा सेवा नरोक्न आग्रह गरिएको र चैत १५ गतेपछि सेवा नरोकिने पनि मेयर राईले बताए । ‘विमा बोर्डबाट चैत ७ गते ३ करोड ५७ लाख बढी रकम आइसकेको छ, थप रकम यसै साता आउदैछ । त्यसैले विमा कार्यक्रम नरोक्नुस् भनेका छौ, चैत १५ गतेपछि पनि सेवा निरन्तर हुन्छ,’ मेयर राईले विश्वस लिएका छन् । 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...