News Portal

  • चिनियाँ विदेश मन्त्री वाङ निर्धारित समय भन्दा दुई घण्टाअधि काठमाडौ आइपुगे

    हिमालीसंचार संवाददाता
    १५७ पटक

    काठमाडौं – उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। शुक्रबार अपरान्ह चार्टर्ड जहाजमा उनी भारतको राजधानी नयाँदिल्ली हुदै काठमाडौं आइपुगेका हुन्।

    त्रिभुवन विमानस्थलमा चिनियाँ विदेश मन्त्री यीलाई परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए। यसअघि यी साँझ ६ बजेमात्रै काठमाडौं आउने कार्यक्रम भए पनि आज उनी दुई धण्टाअधि आइपुगेका हुन्।

    नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि चीनबाट पहिलो पटक उच्च राजनीतिक भ्रमण भएको हो। चीनका स्टेट काउन्सिलरसमेत रहेका यी यसअघि पनि नेपाल आइसकेका छन्।

    तीन दिन काठमाडौंमा रहँदा चिनियाँ विदेश मन्त्री यीले द्वीपक्षीय वार्तासहित सहित महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। आज काठमाडौं आए पनि उनले कुनै राजनीतिक भेटघाट नगर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। शनिबार परराष्ट्र मन्त्री नारायण खड्का र यी नेतृत्वका दुई टोलीबीच औपचारिक वार्ता हुनेछ। उक्त वार्ताका क्रममा केही सम्झौताहरू पनि हुने अपेक्षा गरिएको छ।

    चिनियाँ विदेश मन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम छ।

    तीन दिने भ्रमण सकेर यी आइतबार स्वेदश फर्कने छन्। नेपाल आउनुअघि उनले  पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...