News Portal

नेपाल आदिवासी जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा गेल्जे शेर्पा निर्वाचित

अध्यक्ष र महासचिवका लागि निर्वाचन भएको थियो!

हिमालीसंचार संवाददाता
२०५ पटक

काठमाडौं – नेपाल आदिवासी जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशन नवलपुरको कावासोती पानस ब्याङक्वेट स्थित संघको महाधिवेशन सम्पन्न भएको छ। संघीय परिषद सचिवालयले संघको अध्यक्षमा गेल्जे लामा (शेर्पा) निर्वाचित भएको जनाएका छन् ।

महाधिवेशनमा अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी सर्वसम्मत चयन गरिएको थियो। अध्यक्ष र महासचिवको लागि भएको मतदानमा ५३ मत खसेको थियो। अध्यक्षका लागि १ मत बदर भएको थियो भने महासचिवका लागि ५३ मत खसेकोमा २ मत बदर भएको थियो । 

अध्यक्षमा गेल्जे लामा सेर्पाले ४४ मत ल्याएर बिजयी भएका छन भने उनका प्रतिद्वन्द्वी सोनाम वालुङले ८ मत ल्याएका थिए । त्यस्तै, महासचिव पदका लागि दिवस राईले ३६ मत प्राप्त गरेका थिए भने महासचिवका अर्का प्रत्यासी सुखवीर थामीले १५ मत प्राप्त गरेका थिए। 

संघको नयाकार्य समितिमा अध्यक्ष गेल्जे लामा (शेर्पा) निर्वाचित, बरिस्ठ  उपाध्यक्ष बुद्ध घर्ती, उपाध्यक्ष युबराज जिरेल (खुल्ला), उपाध्यक्ष ध्यानी उराँव ( खुल्ला), उपाध्यक्ष क्षेत्र बहादुर थकाली (खुल्ला) उपाध्यक्ष – गम्भीर सिं गुरुङ भोटे (खुल्ला), उपाध्यक्ष लाक्पा शेर्पा (ढोक्या)  ( महिला ), उपाध्यक्ष लहरु जिमि ( महिला ), उपाध्यक्ष श्रुती कुमाल (महिला ), महासचिव दिवस राई (निर्वाचित), उपमहासचिव रामकृष्ण लामा ब्लोन, सचिव मंगलराम दराइ (खुल्ला ), सचिव गोबिन्द लामा ह्योल्मो (खुल्ला ), सचिव मोहन राजवन्सी (खुल्ला ), सचिव बिकास सुरेल (खुल्ला ), सचिव ममता मेचे (महिला ), सचिव छोर्गेल लामा (महिला ), सचिव यमुना छन्त्याल (महिला ), सचिव भद्र कुमारी बरामु (महिला ), कोषाध्यक्ष बिमल सारू मगर र सह कोषाध्यक्ष रिदार नोसाङ भोटे गरी २१ नयाकार्यसमिति गठन गरिएको हो। 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...