News Portal

  • हङकङ सरकारले ६८ लाख नागरिकलाई १० हजार हङकङ डलर वितरण गर्दै

    हिमालीसंचार संवाददाता
    १४१ पटक

    युवा राई/हङकङ – हङकङ सरकारले आफ्नो नागरिकलाई अप्रिल ७ तारिखदेखि प्रत्येक ब्यक्तिका लागि १० हजार हङकङ डलरको इलेक्ट्रोनिक उपभोग भौचर वितरण गर्ने स्रोतले जनाएको छ।

    हङकङ सरकारले यो वर्ष करीव ६८ लाख हङकङवासीहरूलाई १० हजार हङकङ डलरको यो इलेक्ट्रोनिक उपभोग भौचर वितरण गर्न लागेको हो। “अलिपे, वीच्याट,टाप एण्ड गो” दर्ता भएका प्रयोगकर्ताले पहिलो किस्ता अन्तरगत ५ हजार हङकङ डलर विकरण गर्ने भएको हो । अक्टोपस कार्ड प्रयोगकर्ताले भने पहिलो किस्ता अन्तरगत ४ हजार हङकङ डलर प्राप्त गर्नेछन्। आगामी मे अन्त्यमा उक्त रकम खर्च गरिसकेपछि १६ जुनको पहिलो किस्ताको बाँकी १ हजार हङकङ डलर प्राप्त गर्नेछन्।

    यदि ई-वालेट खाताको म्याद सकिएको छ भने वा गत वर्ष दर्ता गरिएको अक्टोपस कार्ड हराएको छ भने अपडेट गर्न सुझाव दिइएको छ। ई-वालेट खाता वा अक्टोपस कार्ड परिवर्तन गर्नका लागि भोलि २५ गतेसम्म फारम भरिसक्नु पर्ने जनाएको छ। सम्बन्धित फारम सरकारको उपभोक्ता औचर वेबसाइटबाट पनि डाउनलोड गर्न सकिन्छ।

    अप्रिल सम्ममा १८ वर्ष नपुगेका तर जुलाई सम्ममा १८ बर्ष उमेर पुगेकाहरूले पनि पहिलो किस्ता दाबी गर्न सक्ने छन्। सरकारले गत साल दिएको ५ हजार हङकङ डलरभन्दा दोब्बर बढाएर १० हजार डलर पुर्याएको हो। कोभिड-१९ को प्रकोपको बेला सरकारले आफ्ना नागरिकलाई राहतस्वरुप सो रकम उपलव्ध गराएको हो।

    गत सालजस्तै यस पटक पनि १० हजार डलरको भौचर किस्ताबन्दी रुपमा अक्टोपस, अलिपे, वीच्याट पे र ट्याप एण्ड गोमार्फत प्राप्त गर्न सकिने छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...