News Portal

  • पुर्वाञ्चलन क्याम्पस धरानका विद्यार्थी आन्दोलित, तालाबन्दीसँगै क्याम्पस प्रमुखको कुर्सीमा आगजनी

    हिमालीसंचार संवाददाता
    १३१ पटक

    धरान – पुर्वाञ्चलन क्याम्पस धरानका विद्यार्थीले परीक्षाको लागि अनलाइन फारम भरेका ७ जना विद्यार्थीको प्रवेशपत्र नआएपछि इञ्जिनियरींग अध्ययन संस्थान (आइओएम) अन्तर्गत धरान ८ स्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरु आन्दोलित भएका छन् ।

    विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् भने क्याम्पस प्रशासनको मुलढोकामा तालाबन्दी गरेका छन् । आक्रोशित विद्यार्थीले ढोकाको शिसा तोडफोडसमेत गरेका छन् । बैंकमा पैसा जम्मा गरेर परीक्षाको अनलाइन फारम भरेपनि आफुहरुको प्रवेश पत्र नआएकोले परीक्षाबाट बञ्चित हुनुपरेको मेकानिकल पहिलो बर्षका विद्यार्थी तेजबहादुर खत्रीले बताए । उनका अनुसार आइओएमको नियम अनुसार यो बर्ष परीक्षा दिन नपाएका विद्यार्थीहरुको एक बर्ष खेर जान्छ भने अर्को बर्ष पनि सिट खाली भएमा मात्र पढ्न पाउछन् । ‘हाम्रो त भविष्य नै बिग्रने भयो, विद्यार्थीहरुलाई निराश बनायो,’उनले भने । 

    त्यस्तै, अर्का कम्युटर तेस्रो बर्षका विद्यार्थी ऋषभ आचार्यले विगतमा यस्तै समस्या आउदा क्याम्पस प्रशासनले सूचना जारी गर्ने र जरिवाना गराएर पुनः फारम भर्न पाउने व्यवस्था हुन्थ्यो, तर यसपाली त्यस्तो सूचना समेत जारी नभएको उनको गुनासो छ । डिन सरसँग कुरा गर्यौ तर सुनुवाई भएन । ‘सिस्टमबाट फल्ट भयो, त्यसको मारमा हामी पर्यौ,’ उनले भने ।

    आन्दोलित विद्यार्थीहरुले सिस्टमको खराबीको कारण विद्यार्थीहरुको भविष्य नै अन्योल बनाउने काम भएकोले क्याम्पस प्रशासन र डिन कार्यालयले सच्याएर परीक्षा दिने व्यवस्था गर्न माग गरेका छन् । विद्यार्थीहरुले क्याम्पस प्रशासन र डिन कार्यालयमा बैंक भौचारसहित निवेदन, पत्राचार गरेपनि सुनुवाई नभएको बताएका छन् ।

    क्याम्पसका सिआइटी इएमआइएसका प्राध्यापक तथा क्याम्पसका पुर्वशैक्षिक सहायक क्याम्पस प्रमुख टि.एन.झाले प्राविधिक कारणले विद्यार्थी मारमा परेको बताए । उनले सिस्टममा इरर भएर समस्या देखिएकोले कसैलाई दोष नदिई समस्याको समाधान गर्नुपर्ने सुझाव दिएका थिए। 

    सहायक क्याम्पस प्रमुख (प्रशासन) विनयलाल श्रेष्ठले ७ जना विद्यार्थीको समस्या देखिएको र समस्या समाधान गर्न डिन कार्यालयमा समन्वय तथा पहल भइरहेको बताए । उनले विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै समस्याबारे निवेदन लेखेर पत्राचार गरिएको पनि बताए । ‘डिन कार्यालयमा उचित निर्णय भएर आउछ भन्ने आशामा छौ।’ 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...