News Portal

यातायात ब्यबस्था विभाग कार्यालयहरूले आजदेखि सेवा दिने

हिमालीसंचार संवाददाता
१७६ पटक

काठमाडौं – यातायात ब्यबस्था विभाग कार्यालयहरूले आजदेखि नियमित सेवा दिने भएका छन्। सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्न कार्यालयको सेवा बन्द रहने सूचना जारी भएको थियो। तर बुधबार नै निकालिएको दोस्रो सूचनामा विभागले आजदेखि नियमित सेवा दिइने बताएको छ।

सर्भरमा विद्युत् प्रणाली परिवर्तन गर्न बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म मात्रै समय लिइएको विभागले जनाएको छ।

विभागका प्रवक्ता लोकनाथ भुसालले विभागको सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्नुपर्ने भएकाले मात्रै सर्भर बन्द रहेको र आजदेखि नियमित काम गरिने बताए। विभागले अनिश्चितकालका लागि यातायातका सेवा बन्द नरहेको बताएको छ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...