News Portal

  • धनकुटाको भेडेटार नजिक जिप पल्टिदा एक युवतीको मृत्यु

    हिमालीसंचार संवाददाता
    १३८ पटक

    धनकुटा – धनकुटा जिल्लाको पर्यटकीय गन्तव्य भेडेटार नजिकै भएको सवरी दुर्घटनामा एक जना युवतीको मृत्यु भएको छ । गत मंगलबार साँझ करिव ९ बजे भेडेटार–गोलखाडी सडक खण्डमा दुर्घटना हुँदा साँगुरीगढी गाउँपालिका वडा नम्बर ७ की १९ बर्षीया श्रेया राईको मृत्यु भएको प्रहरीले बताएको छ ।

    राईको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको बुधबार बिहान २ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको हो ।

    मङ्गलबार राती करिब ९ बजे साँगुरीगढी गाउँपालिका–६ साँगुरीगढी किल्लानजिक गोलखाडी भेडेटार भित्री कच्ची सडक खण्डमा भेडेटारबाट गोलखाडीतर्फ जाँदै गरेको मे १ ज २१६२ नम्बरको सुमो जीप अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

    दुर्घटना ग्रस्त जीपका चालक धनकुटा नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४१ को सत्यलाल इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । भेडेटारबाट अन्दाजी १ किमी पश्चिम पर्ने सो स्थानमा सडकको अवस्था समेत खासै राम्रो छैन्

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...