News Portal

  • पर्यटनमन्त्री आलेसंग सलमान खानले, ‘सगरमाथा चढ्ने इच्छा ब्यक्त’

    हिमालीसंचार संवाददाता
    १३४ पटक

    काठमाडौं – सांगीतिक कार्यक्रम लिएर नेपाल आउन लागेका बलिउड सुपरस्टार सलमान खानले सगरमाथा चढ्ने इच्छा ब्यक्त गरेका छन् । बुधबार सोल्टी होटलमा भएको भर्चुअल मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले खानलाई सगरमाथा आरोहणका लागि निम्तो दिएका थिए ।

    कोरोना महामारीका कारण धराशायी बनेको नेपालको पर्यटन प्रवर्द्धनका लागि खानलाई सगरमाथा आरोहरणका लागि निम्तो दिएका हुन् । ‘मन्त्रीज्यू निम्तोका लागि धन्यवाद । अवश्य सगरमाथा चढ्छु, बिस्तारै बिस्तारै भए पनि,’ खानले मन्त्री आलेसँगको संवादमा भने ।

    सुपर स्टार खान ओडिसी इन्टरटेन्टमेन्ट र हिटा समूहको निम्तोमा आगामी जेठ १४ गते नेपाल आउने कार्यक्रम रहेको छ । उनीसँग अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरियोग्राफर प्रभु देवा, मुदस्सर खान, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावालगायतका कलाकार नेपाल आउँदैछन् ।

    पर्यटनमन्त्री आलेले उनलाई हेलिकप्टरमार्फत सगरमाथामा घुमाउने र सगरमाथा आधार शिविरमा ब्रेकफास्टका लागि लैजाने प्रस्ताव गरेका थिए । जवाफमा खानले त्यहाँ जाने पक्का गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...