News Portal

कोरोना अपडेट हङकङः हङकङमा कोरोना विस्तारै ओरालो

हिमालीसंचार संवाददाता
१७८ पटक

युवा राई/हङकङ – हङकङमा पछिल्ला केही दिनको तथ्याङ्क हेर्दा हङकङमा कोरोना विस्तारै ओरालो लाग्दै गएको संकेत देखिएको छ। हङकङमा आज नयाँ पुष्टि भएका कोभिड-१९ को संख्या १४,१५२ रहेको छ।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये १० आयातित र ४०६ जनामा ओमिक्रोन भेरियन्टका संक्रमित रहेका छन्। बाँकी संक्रमितहरुको परीक्षणको क्रममा रहेका छन्। हङकङमा कोरोनाको पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या १,०६३,२७९ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप १९० जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ४२ वर्षदेखि १०७ वर्ष उमेरबीचका १०५ पुरुष र ८५ महिला रहेका छन्। मृत्यु हुनेहरुमा आवासीय केयर होममा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर पिडित, मृगौला पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्। भ्याक्सिनको ३ डोज लिइसकेका ४२ वर्षीय पुरुष बिरामीलाई गम्भीर हृदय रोग थियो।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ६१५१ पुगेको छ। ४१ जना विरामीको अवस्था चिन्ताजनक र ८२ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। गम्भीर अवस्थामा रहेका ११४ बिरामीको आईसीयूमा उपचार भइरहेको छ। १२३६ जना बिरामी निको भएर अस्पतालबाट स्वास्थ्यलाभ लिएका छन् ।  

त्यस्तै, अस्पताल प्राधिकरणअन्तर्गतका १९,९२२ भन्दा बढी कर्मचारीमा कोभिड–१९ संक्रमित देखिएको छ। तीमध्ये १४,०६८ निको भएर काममा फर्किएका छन्।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...