News Portal

  • कोरोना अपडेट हङकङः हङकङमा कोरोना विस्तारै ओरालो

    हिमालीसंचार संवाददाता
    १३९ पटक

    युवा राई/हङकङ – हङकङमा पछिल्ला केही दिनको तथ्याङ्क हेर्दा हङकङमा कोरोना विस्तारै ओरालो लाग्दै गएको संकेत देखिएको छ। हङकङमा आज नयाँ पुष्टि भएका कोभिड-१९ को संख्या १४,१५२ रहेको छ।

    स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये १० आयातित र ४०६ जनामा ओमिक्रोन भेरियन्टका संक्रमित रहेका छन्। बाँकी संक्रमितहरुको परीक्षणको क्रममा रहेका छन्। हङकङमा कोरोनाको पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या १,०६३,२७९ पुगेको छ।

    हङकङमा २४ घण्टाभित्र थप १९० जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ४२ वर्षदेखि १०७ वर्ष उमेरबीचका १०५ पुरुष र ८५ महिला रहेका छन्। मृत्यु हुनेहरुमा आवासीय केयर होममा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर पिडित, मृगौला पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्। भ्याक्सिनको ३ डोज लिइसकेका ४२ वर्षीय पुरुष बिरामीलाई गम्भीर हृदय रोग थियो।

    कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ६१५१ पुगेको छ। ४१ जना विरामीको अवस्था चिन्ताजनक र ८२ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। गम्भीर अवस्थामा रहेका ११४ बिरामीको आईसीयूमा उपचार भइरहेको छ। १२३६ जना बिरामी निको भएर अस्पतालबाट स्वास्थ्यलाभ लिएका छन् ।  

    त्यस्तै, अस्पताल प्राधिकरणअन्तर्गतका १९,९२२ भन्दा बढी कर्मचारीमा कोभिड–१९ संक्रमित देखिएको छ। तीमध्ये १४,०६८ निको भएर काममा फर्किएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...