News Portal

  • आगामी अप्रिल १ देखि नेपालसहित ९ देशको उडान प्रतिबन्ध हटाइने, अप्रिल १९ देखि स्कुलहरु पुनः संचालन गर्ने

    हिमालीसंचार संवाददाता
    २०० पटक

    युवा राई/हङकङ – हङकङ सरकारले आगामी अप्रिल १ तारिखदेखि ९ देशको उडानमाथि लगाइएको प्रतिबन्ध हटाउने भएको छ। हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सोमबार ९ देशको उडान प्रतिबन्ध हटाउने जानकारी दिएकी हुन्।

    यसअघि, कोरोना महामारीका कारण हङकङले नेपालसहित ९ देशको उडानमाथि २० अप्रिलसम्म प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धित देशहरुमा नेपाल, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान, फिलिपिन्स, बेलायत र संयुक्त राज्य अमेरिकालगायत ९ देशका उडानहरु प्रतिबन्धित थिए।

    लामले आज गरेका घोषणा अनुसार; “अप्रिल १ तारिखदेखि प्रतिबन्धित ९ देशको उडान प्रतिबन्ध हटाईने, यात्रुको पाँचौं दिन पीसीआर परीक्षणमा नेगेटिभ आएमा र छैटौं र सातौं दिन र्‍यापिड एन्टिजेन परीक्षणबाट नेगेटिभ आएमा अप्रिल १ तारिखदेखि १४ देखि ७ दिनमात्र होटल क्वारेन्टिनको अवधि घटाइने भएको छ। 

    सामाजिक दूरीका उपायहरू २० अप्रिलसम्म कायम रहने, अप्रिल २१ देखि तीन महिनामा तीन चरणहरूमा सहज बनाइने, प्राथमिक विद्यालय, अन्तर्राष्ट्रिय विद्यालय र किन्डरगार्टेनहरूले अप्रिल १९ तारिखदेखि कक्षाहरू सुचारु गर्ने, माध्यमिक विद्यालयहरूले माध्यमिक शिक्षाको डिप्लोमा परीक्षापछि अन्य कक्षाहरू अप्रिल २२ देखि सुचारु गर्ने बताएकी हुन्। 

    त्यस्तै, कम्पलसरी युनिभर्सल टेस्टिङ निलम्बित गर्ने र हङकङ र चीनका शहरको बोर्डर खोल्न गृहकार्य गर्ने समेत बताएकी छिन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...