News Portal

  • एन.आर.एन.मकाउको १०औं बार्षिक उत्सब भब्यताको साथ सम्पन्न

    हिमाली संचार संवाददाता
    १४१८ पटक

    मकाउ, चीन – गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउको दशौ बार्षिक उत्सव एवं साधरण सभा भब्यताको साथ बुधबार बिशेष कार्यक्रमका साथै सम्पन्न भएको छ।

    महाबाणिज्य दुताबास हंगकंग तथा मकाउका प्रतिनिधि गजेन्द्र भट्टाराइको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा बिशेष अतिथिहरुमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद्का निर्बतमान सल्लाहकार त्रिलोक गुरुङ, गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद्का पूर्व कोषाध्यक्ष प्रकाश पुन त्यसैगरी गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद्का निर्बतमान एशिया प्यासिफिक उप संयोजक कृष्ण पाण्डे, गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद्का हंगकंगका अध्यक्ष राधिका(टिका) गुरुङ हुनु हुन्थ्यो।

    त्यसै गरी अतिथिहरुमा  गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद्का सदस्य मुकेश कुमार बरुवाल,सल्लाहकार राम कार्की, रामेन्द्र गुरुङ र हेम बहादुर तामांग साथै मकाउमा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगाएत  मकाउमा कार्यरत रहेका नेपालीहरुको बाक्लो उपस्थितिको रहेको थियो।

    १०औ बार्षिक उत्सबको समुदघाटन महाबाणिज्य दुताबास प्रतिनिधि गजेन्द्र भट्टाराई र संघका अध्यक्ष शान्ति अधिकारीले संयुक्त रुपमा गर्नु भएको थियो। कार्यक्रममा बर्तमान अबस्थामा नेपालीहरूले भोग्दै आएका समस्याहरूको बारेमा साथै दशौ बार्षिक उत्सब भएकोले संघलाई प्रमुख अतिथि,बिशेष अतिथी र अतिथिहरूले शुभकामना दिएका थिए।

    उक्त कार्यक्रममा विभिन्न खेल बिधाबाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा पदक दिलाउन सफल खेलाडीहरु राजु नगरकोटी,निशान जी.सी तेक्वान्दो, नारी चन्द,नवल गुरुङ र शान्ति अधिकारी एथलेटिक,प्रकाश राई बडी बिल्डिंग र मकाउमा बीर गोरखालीको पहिचान बनाउन सफल भएका राम बहादुर के.सी (प्रिन्स)लाई प्रसंशापत्रबाट सम्मान गरिएको थियो।त्यसै गरी कलाकारीता बिधामा प्रकाश सिंह,मोहन अछामी,बुद्ध श्रेष्ठ र सत्य योन्जनलाई सम्मान पत्र बितरण गरीएको थियो।

    त्यसै गरी संघको स्थापना देखि २०१७ सम्मका पधादिकारी हरुलाई पनि कदर पत्र बाट सम्मान गरिएको थियो भने सस्था गठन देखि महत्वपुर्ण योगदान दिनुहुनेहरु (प्रकाश पुन, त्रिलोक गुरुङ र टिका गुरुङ) लाई मानार्थ तथा कदरपत्रबाट सम्मान गरिएको थियो सोहि अन्तर्गत ५ बिदेशी नागरिकहरु Bruno Nunes, Lorenzo Lameiras, Marcia Tin, Celia Ng र Alice Leongलाई पनि कदरपत्रबाट सम्मान गरीएको  थियो।

    कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष शान्ति देवी अधिकारीले गर्नु भएको थियो, कार्यक्रम महासचिब पूर्ण गुरुङले संचालन गर्नु भएको भने बरीष्ठ उपाध्यक्ष मंगल राईले स्वागत मन्तब्य दिनु भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    टीओबीको टिसर्टमा देखिएका पेस्तोलधारी प्रहरीमा उपस्थित, सुटिङको दृश्य भएको दाबी

    काठमाडौ, असोज २६ — सामाजिक सञ्जालमा टीओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडियो सार्वजनिक भएपछि...

    जेन–जी आन्दोलनमा टीओबी सदस्यले पेस्तोल बोकेको दाबी, प्रहरीको अनुसन्धान सुरु

    काठमाडौं, असोज २६ – राजधानीमा जारी जेन–जी आन्दोलनका क्रममा टीओबी समूहका एक सदस्यले पेस्तोल बोकेको...

    ६ घण्टादेखि एमाले सचिवालय बैठक गुण्डुमा जारी

    काठमाडौं, असोज २६ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आइतबार बिहानदेखि भक्तपुरको गुण्डुस्थित अध्यक्ष...

    इजरायलमा विपिन जोशीको अवस्था अझै अज्ञात

    काठमाडौं, २६ असोज – इजरायलमा रहेका नेपाली नागरिक विपिन जोशीको हालको अवस्था अझै स्पष्ट छैन।...

    महेश बस्नेतले महावीर पुनको जेनजी सन्देशको समर्थन गरे

    काठमाडौँ, असोज २६ – नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी...