News Portal

  • चितवनको माडीमा छात्रालाई दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ

    हिमालीसंचार संवाददाता
    १३५ पटक

    चितवन – चितवनको माडीमा एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमेश्वर उच्च माविमा कक्षा-९ मा अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं. ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई प्रहरीले पक्राउ गरिएको हो ।

    उक्त घटना भएको चार दिनपछि चैत ३ गते छात्राकी आमाले इलाका प्रहरी कार्यालय माडीमा आशय करणी अन्तर्गत किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि प्रहरीले लामिछानेलाई पक्रेको हो ।

    गत फागुन २९ गतेको यो घटना विद्यालयभर फैलिएपछि आक्रोशित विद्यार्थीहरूले शिक्षक लामिछानेलाई विद्यालयमा नै मोसो दलेका थिए । विद्यार्थी आक्रोशित बनेपछि विद्यालय व्यवस्थापन समितिले आकस्मिक बैठक डाकेर घटना मिलाउन सर्वदलीय संयन्त्र बनाएको थियो ।

    माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्ण पौडेल सहितले शिक्षक लामिछानेले पटक-पटक उही क्रियाकलाप दोहोर्‍याएकाले विद्यालयमा राख्न नसक्ने भन्दै नगर शिक्षा समितिलाई पत्रसमेत लेखेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...