News Portal

  • धरानमा खानेपानीको चरम अभाव, ‘खानेपानी बोर्डले व्यवस्थापकीय काम गर्न नसकेको’ एमालेको ठहर

    हिमालीसंचार संवाददाता
    ९४ पटक

    धरान – धरान उपमहानगरपालिका धरानमा खानेपानीको चरम अभाव छ । धारामा पानी नआउदा जनताले महंगोमा ट्यांकरबाट पानी किनेर पिउनु परिरहेको छ। वडाका जनप्रतिनिधिहरुले ट्यांकरमार्फत जनतालाई पानी वितरण गरिरहेका छन् । 

    धरानमा खानेपानीको समस्या हल गर्ने भनेर झण्डै पानै २ अर्ब खर्च भइसकेको धरान खानेपानी आयोजना (आइयुडिपी)बाट पनि समस्या हल हुन सकेको छैन ।  खानेपानी संस्थानलाई बोर्डमा समायोजन गर्दा समेत खानेपानीको समस्या उस्तै रहेको छ। धरानको चुनावी एजेण्डा बनाएका राजनीतिक दल र नेताहरुलाई अहिले खानेपानी समस्या गलपासो बनेको छ । पानै २ अर्ब खर्च भएको आयोजना असफल भएको आशंकाहरु पनि पैदा हुन थालेको छ । 

    आइतबार नेकपा एमालेले चारकोशे जंगलस्थित पम्पिङ क्षेत्रको स्थलगत अवलोकन गर्दै धरानमा खानेपानी समस्याबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । नेकपा एमालेले भुमिगत स्रोतबाट आयोजनाको डिजाइन अनुसार नै पानी उत्पादन भएको तर खानेपानी बोर्डले वितरणमा व्यवस्थापकीय काम गर्न नसक्दा अभाव चुलिएको जनाएको छ । खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष नगरका मेयर हुने प्रावधान छ । अहिले बोर्डको अध्यक्ष मेयर तिलक राई छन् । एमालेबाट निवार्चित मेयर तारा सुब्बाको निधन पछि उपनिर्वाचनबाट नेपाली कांग्रेसलाई ऐतिहासिक जित दिलाउदै राई मेयरमा निवार्चित भएका थिए ।

    नेकपा एमाले प्रदेश नं १ कमिटी सदस्य मुरारी सुवेदीले डिजाइन अनुसार पानी उत्पादन भएको देखिए पनि वितरणमा चरम समस्या भएको बताए । ‘डिजाइन गर्दाको बेला जति पानी उत्पादन हुन्छ भन्ने थियो, त्यो अहिले पनि भइरहेको देखिन्छ । सुक्खा याममा सबै मिलाएर पम्पिङको १ करोड ५२ लाख लिटर र सतह(खोला)को ४० लाख गरि १ करोड ९२ लाख लिटर पानी १० देखि १२ बर्षसम्म पुग्छ भन्ने थियो । त्यो उत्पादन भएको देखिन्छ,’ उनले भने,‘यो हेर्दा के लाग्यो भने पानी वितरणमा चरम समस्या छ । प्राविधिकसँग कुरा गर्दा पनि स्वीच थिच्न मात्र आउछ भन्छ । जनताले पनि कुनै क्षेत्रमा पानी आएको आएकै, कुनै क्षेत्रमा आउदै आउदैन भन्ने गुनासो छ । यो हेर्दा खानेपानी बोर्डले व्यवस्थापकीय काम गर्न नसकेको ठहर गरेका छन्।’

    नगरका कार्यवाहक मेयरकोरुपमा उपमेयर मञ्जु भण्डारी सुवेदी रहदा थप २ वटा वेलबाट पानी परीक्षण गरिएको थियो । उक्त वेलबाट ३ दिनजति काम गर्दा सञ्चालनमा आउने र थप ४० लाख लिटर पानी थपिने भन्दै नेता सुवेदीले ती २ वटा पम्प तत्काल सुचारु गर्नुपर्ने पनि माग गरेकी थिइन । उनले भने, ‘सतहबाट प्रशस्त पानी आउदा वितरणमा अपरेटरले मिलाउन नसक्दा घर घरमा पानी पुगेकै हो । पानी नै कम हुदा मिलाएर खुवाउन नसक्ने र उत्पादन भएको पानीलाई के कारणले रोकि राखेको हो ? अविलम्ब खानेपानी बोर्डसँग नीतिगत निर्णय गरेर प्राविधिक कुरा टुंग्याएर खानेपानीको हाहाकार अन्त्य गर्न अपिल गछौं ।’

    नेकपा एमालेले खानेपानी वितरण तथा व्यवस्थापकीय अस्तब्यस्तताबारे चिन्ता प्रकट गर्दै बोर्डको ध्यानाकर्षण गराउने पनि जनाएको छ । खानेपानी परियोजना असफल नभएको दाबी गर्दै नेता सुवेदीले बोर्ड सञ्चालकहरुको कुशलता नदेखिएर त्यस्तो आशंका पैदा भएको बताएकी हुन् । उनले भने,‘खानेपानी परियोजना पानी उत्पादनको अवस्थासम्म असफल भएको होइन, बोर्ड सञ्चालकहरुको कुशलता नदेखिएकोले समस्या सिर्जना भएको हो । हामी पानीजस्तो संवेदनशील कुरालाई पहिलो प्राथमिकता दिएर बोर्ड लागेस् भनेर ध्यानाकर्षण गराएकी थिइन। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २१ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    रविन्द्र बराल/ भोजपुर, साउन ५ – जरायोटार–४ निवासी ३६ वर्षीय पर्शुराम बिकलाई कर्तव्य ज्यान मुद्दामा...

    ओलीको आग्रह : ‘विभाजनकारी तत्वबाट पार्टीलाई जोगाउँदै मिसन ०८४ मा अगाडि बढ्न एकजुट हुनुपर्छ’

    काठमाडौं, साउन ५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी...

    लिची बगैंचा घोटाला : घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री गुप्ता र बिचौलिया लामा अख्तियारमा तानिए

    काठमाडौं, साउन ५ – पोखराको लिची बगैंचाको बहुमूल्य सरकारी जग्गा हत्याउन गरिएको ‘गोप्य सेटिङ’ सार्वजनिक...

    जनकपुर गेष्टहाउसमा युवकको हत्या गरेको आरोपमा पक्राऊ परेकी महिला सार्वजनिक

    जनकपुरधाम, साउन ५  — जनकपुरधामस्थित एसपी एण्ड गेष्टहाउसमा एक युवकको रहस्यमय हत्या भएको छ । उक्त...

    पोखरामा कोरोना संक्रमणले एक वृद्ध महिलाको मृत्यु, गण्डकी प्रदेशमा संक्रमितको संख्या बढ्दै

    पोखरा, साउन ५ –  गण्डकी प्रदेशको मुटु पोखराबाट दुःखद खबर आएको छ। यहाँको चरक अस्पतालमा...