News Portal

प्रदेश नं. १ सरकारले भलिबल खेलाडी छनौट गरी, विदाई गर्यो

हिमालीसंचार संवाददाता
१८४ पटक

इटहरी – आगामी चैत ७ गतेदेखि धनगढीमा हुने मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा सहभागिता जनाउनका लागि  प्रदेश १ सरकारले खेलाडीहरुलाई  एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ ।

सुदुरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा प्रदेश नं १ बाट सहभागी हुने खेलाडीलाई सामाजिक विकास मन्त्री राजन राईले सुनसरीको इटहरीबाट विदाइ गरेका हुन् 

खेलाडीहरुलाई खेल पोशाक र राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सामाजिक विकास मन्त्री राईले उच्च मनोवलका साथ खेलमा सहभागी हुन आग्रह गरेका थिए । मन्त्री राईले सो प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त भएमा प्रदेश सरकारले टिमलाई पुरस्कृत गर्ने समेत बताएका छन् ।

प्रतियोगिताको टिम प्रशिक्षकमा दिनेश राई र व्यवस्थापकमा विनोद पाण्डे रहेका छन् । टिममा प्रकाश लावती लिम्बु (झापा), सन्देश विष्ट (भोजपुर), दिलिप राई (ओखलढुंगा), मिलन श्रेष्ठ (तेह्रथुम), निश्चल थापा (उदयपुर), अनिल श्रेष्ठ (ओखलढुंगा), यामबहादुर कटुवाल (ताप्लेजुङ), अभिशेक थापा (ओखलढुंगा), हिमाल प्रसाइँ (ताप्लेजुङ), संयोग नेम्वाङ (पाँचथर), दिनेश मगर (धनकुटा) र प्रविन कटुवाल (खोटाङ) का खेलाडीहरु सहभागी हुनेछन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको छनोट प्रदेश नं १ भलिवल संघसँगको सहयोगमा सामाजिक विकास मन्त्रालयले गरेको थियो । खेलाडीलाई सामाजिक विकास मन्त्रालय र प्रदेश नं १ भलिवल संघको सहकार्यमा दमक र धरानमा १५ दिनको वन्द प्रशिक्षण सञ्चालन गरिएको थियो ।

आयोजित विदाई कार्यक्रममा मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री, प्रदेश १ भलिवल संघका अध्यक्ष हरीबहादुर निरौला, अन्तर्राष्ट्रिय खेलाडी दीपक सापकोटा र पुर्व क्याप्टेन ऋषिराज आचार्य तथा प्रदेश भलिवल संघका पदाधिकारी, सामाजिक विकास मन्त्रालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगितामा सात वटै प्रदेश, तीन विभागिय टोली नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मी सहित १० टिम सहभागी हुने आयोजकले जनाएको छ भने प्रतियोगिता चैत्र ७ देखि १२ गतेसम्म संचालन हुनेछ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...