News Portal

  • रूसी आक्रमणमा परी ६४ बालबालिकासहित ८४७ युक्रेनीको मृत्यु

    हिमालीसंचार संवाददाता
    १२२ पटक

    रूसको आक्रमणबाट ८४७ युक्रेनी नागरिकले ज्यान गुमाएका छन्। संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले शनिबारसम्म रूसको आक्रमणबाट ८४७ युक्रेनी नागरिक र ६४ जना बालबालिकाको मृत्यु भएको जानकारी दिएको हो। एक हजार ३९९ जना युक्रेनी घाइते समेत भएका छन्।

    धेरैजसो आर्टिलरी, रकेट, मिसाइल, एयर स्ट्राइक लगायत विस्फोटक हतियारबाट मारिएको कार्यालयले जनाएको छ।वास्तविक मृत्युको संख्या भने अझै नखुलेको रोयटर्सले जनाएको छ। मृत्युको संख्या यो भन्दा बढी हुनसक्ने आँकलन गरिएको छ। 

    युक्रेनमा कार्यालयको निगरानी गर्ने टोली ठूलो संख्यामा खटिएको भए पनि धेरै क्षति पुगेको सहरहरूबाट मृत्यु हुनेको संख्या निकाल्न कठिन भएको हो। त्यसका बावजुद पनि ८४७ जनाले ज्यान गुमाइसकेको तथ्यांकले देखाएको हो। जसमा १५५ जना पुरूष र ११९ जना महिला छन्। यस्तै ६४ बालबालिका र ५०९ वयस्यकहरू रहेको कार्यालयले जनाएको छ। 

    युक्रेनको राजधानी किभका अधिकारीहरूले शनिबारसम्म त्यहाँका २२८ मानिसहरू मारिएको बताएका छन्। जसमध्ये चार जना बालबालिका समेत छन्। किभमा मात्रै ९१२ मानिस घाइते रहेको स्थानीय प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

    अमेरिकी गुप्तचर संस्थाका रिपोर्टहरूका अनुसार सात हजार बढी रूसी सैनिकसमेत मारिएको गत बिहीबार न्युयोर्क टाइम्सको समाचारमा उल्लेख थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ तारिख युक्रेनमाथि आक्रमणको घोषणा गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २१ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    रविन्द्र बराल/ भोजपुर, साउन ५ – जरायोटार–४ निवासी ३६ वर्षीय पर्शुराम बिकलाई कर्तव्य ज्यान मुद्दामा...

    ओलीको आग्रह : ‘विभाजनकारी तत्वबाट पार्टीलाई जोगाउँदै मिसन ०८४ मा अगाडि बढ्न एकजुट हुनुपर्छ’

    काठमाडौं, साउन ५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी...

    लिची बगैंचा घोटाला : घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री गुप्ता र बिचौलिया लामा अख्तियारमा तानिए

    काठमाडौं, साउन ५ – पोखराको लिची बगैंचाको बहुमूल्य सरकारी जग्गा हत्याउन गरिएको ‘गोप्य सेटिङ’ सार्वजनिक...

    जनकपुर गेष्टहाउसमा युवकको हत्या गरेको आरोपमा पक्राऊ परेकी महिला सार्वजनिक

    जनकपुरधाम, साउन ५  — जनकपुरधामस्थित एसपी एण्ड गेष्टहाउसमा एक युवकको रहस्यमय हत्या भएको छ । उक्त...

    पोखरामा कोरोना संक्रमणले एक वृद्ध महिलाको मृत्यु, गण्डकी प्रदेशमा संक्रमितको संख्या बढ्दै

    पोखरा, साउन ५ –  गण्डकी प्रदेशको मुटु पोखराबाट दुःखद खबर आएको छ। यहाँको चरक अस्पतालमा...