News Portal

प्रकाश सपुतले ‘पिर’बाट हटाए विवादित दृश्य

हिमालीसंचार संवाददाता
४११ पटक

काठमाडौं। प्रकाश सपुतले ‘पीर’को विवादीत दृश्य हटाएका छन्। उनले विवादीत दृश्यलाई सम्पादन गरेर ‘पीर’ गीत फेरि युट्युबमा राखेका छन्। एक सातामै करोड बढी भ्युज पुगेको पुरानो भिडियोलाई भने उनले युट्युबबाट हटाएका छन्। उनले कसैको दबाब र प्रभावमा नभएर सुभेच्छुक र स्रष्टाबाट आएको सल्लाह सुझावलाई मध्यनजर गर्दै उक्त दृश्य हटाएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘खैर, पीरले सफलतामात्रै होइन, धेरै कुरा सिकाएको छ। सचेत गराएको छ। तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकस्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह/समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको छ। सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ। यधपि सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जनाप्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? यो बहस हुन जरुरी छ। भैइरहोस। जे होस्, पीरमा प्रतिकात्मकरुपमा राखिएको एउटा दृश्यले, पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्यो नै गित र भिडियोका अन्य सौन्दर्यलाई समेत छाँयामा पारिदियो। अनअफिशियलरुपमा त पुरानो भिडियो सेभ होलान। अतिरन्जित गरेर सोसियल मिडियामा सेयर पनि गरिएला (नगर्न अनुरोध) तर लाखौं सब्सक्राएब भएको Pakash Saput official Youtube मा त्यो भिडियो अर्काइभको रुपमा रहने र जहिले हेर्दा पनि त्यहि दृश्य बिझाउनेजस्तो भयो।

नियोजितरुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भइरहने जस्तो भयो। त्यसैले कुनै दबाब/प्रभावले नभएर यो बीचमा आएका तपाईँको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव ! लेखक, पत्रकार, समीक्षकहरुको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडियो रि-अपलोड गरिएको छ।

साथै, सात दिनसम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाइक र ३८ हजार प्रतिक्रिया आएको, एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु। केही दृश्यमाथिको आलोचना, व्यापक चर्चासहित व्यवसायिक सफल भएको गीत र भिडियो त हटाएको छु, तर गीत र भिडियोमा गरिएको नेपाली समाजको  चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन सोधिएका गम्भीर प्रश्नहरु…।’

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...